तालिमहरुमा भाग नलिने शायदै कमै हौला । मानिसको चेतना अभिवृद्धिका लागि तालिम महत्वपूर्ण साधन हो । प्रशिक्षक प्रशिक्षणको मुख्य उद्देश्य सहजकर्ताहरुलाई प्रशिक्षण सहजीकरणका लागि सहयोग गर्नु हो । सहजकर्ताले प्रशिक्षणका केही विधि र प्रयोग बारे राम्रोसँग अध्ययन गर्न सकेमात्र प्रशिक्षणको अपेक्षित उपलब्धि प्राप्तिमा सहजकर्तालाई सहयोग पुग्न सक्छ । तालिम सञ्चालन गर्दा सहजकर्ताले ध्यान दिनुपर्ने कुराहरु :
प्रशिक्षण प्रक्षेपण (Staging training)
१. प्रशिक्षणको प्रचार–प्रसार र सूचना प्रवाह गर्ने
२. सहभागी छनौट, निमन्त्रणा र सहभागितामा ध्यान दिने
३. स्थान निर्धारण, प्रशिक्षण सामग्री (यसको विस्तृत सूचीको निम्ती प्रशिक्षणको सामग्री सूची हेर्नुहोला)
४. हाजिरी व्यवस्था
५. हरेक सत्र निर्धारित समयमा नै सञ्चालन गर्ने ।
६. अर्को सत्रको बारेमा जानकारी दिने ।
७. प्रशंसा खुला हृदयले गर्ने र आलोचना मधुरोरुपमा गर्ने ।
८. नेता जस्तो हुने हाकिम जस्तो होइन ।
९. सहभागीलाई छलफलमा भाग लिन उत्प्रेरित गर्ने र समाधान सहभागीबाटै खोज्ने ।
१०. तालिमको विषयवस्तु राम्रोसँग अध्ययन गर्ने ता कि तालिम दिंदा ती विषय दिमागमा ताजा रहुन् ।
११. पुनरावलोकन गर्ने ।
प्रशिक्षण स्थान
१. प्रकाश, हावा, खानेपानी, शौचालय आदि सुविधायुक्त
२. स्थानको पर्याप्तता (२५–३० जना र अन्य तालिम सामग्री अटाउने)
३. सकेसम्म घोडा–टाप आकारको बसाइ व्यवस्था
४. यातायातको सुविधा भएको स्थान (आउन जान सुगम)
अन्त्यमा
१. सहभागीहरुको सुविधा बारेमा जानकारी दिने ।
२. सहभागीलाई तालिमको प्रशिक्षणको लागि मनैदेखि सहभागी हुने वातावरण सृजना गर्ने ।
३. सहभागीलाई सरलरुपमा जटिल कार्यलाई समाधान गर्न उत्प्रेरित गर्ने ।
प्रशिक्षण सामाग्रीले विषय वस्तु, विधि, सामाग्री र सूचना प्रदान गर्ने भए तापनि यिनीहरुका प्रयोग सहजरुपमा गरी सहभागीहरुको मन जित्न सहजकर्ताकै मानवीय व्यवहार र प्रयास आवश्यक हुने भएको हुँदा नाम अनुसारको काम तपाईहरुको दायित्व हो । (क्रमश…)
वि.सं.२०७६ साउन १५ बुधवार १२:४९ मा प्रकाशित























