१५ साउन,कैलाली। टिकापुर नगरपालिका–१ स्थित सडकमा मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भिर घाइते भएका पुरन साउदको मृत्यु भएको छ ।
से.५ प ८७०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार लम्कीचुवा नगरपालिका–३ चिसापानी बस्ने २० वर्षीय पुरन साउदको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार योगेश साउदलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लगिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै लाहान नगरपालिका–१ स्थित सडकमा को.१ क २४१७ नम्बरको क्रेनमा स.२ प १८९९ नम्बरको मोटरसाइकल मंगलबार साँझ ठोक्किदा गम्भीर घाइते भएका चालक लाहान नगरपालिकाका सुरेश चौधरीलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । क्रेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।