१५ साउन, सुनसरी । नापी कार्यालय ईनरुवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार घुस रकमसहित पक्राउ परेका छन् ।
नापी कार्यालय ईनरुवा सुनसरीका सर्भेक्षक महतो र लेखापढी व्यवसायी पोदारले जग्गाको नक्सा सुधार गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा ११ हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट गएको टोलीले महतो र पोदारलाई घुससहित पक्राउ गरेको हो ।
अनुसन्धान टोलीले मागैन र पोदारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ ।