Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सोनाक्षी सिन्हाले किन खेल्न थालिन् यस्तो फिल्ममा ?



भारतीय चर्चित अभिनेत्री सोनाक्षी सिन्हा अब सेक्स कमेडि फिल्म ‘खानदानी सफाखाना’ मा देखिने भएकी छन् ।

फिल्म दबंगबाट बलिउडमा प्रवेश गरेकी सोनाक्षी सिन्हा प्रायजसो पारिवारीक फिल्ममा खेल्ने गर्छिन् । तर, यसपटक सिन्हाले पहिलोपटक सेक्स कमेडि फिल्म खानदानी सफाखानामा अभिनय गर्न थालेकी हुन् ।

उक्त पिल्ममा सिन्हाले बेबी बेदीको भूमिका निभाउने छन् । जसको भूमिकामा विरासतमा मामाको सफाखाना चलाउने जिम्मेवारी रहेको छ । उक्त सफाखानामा मानिसहरु सेक्स सम्बन्धी समस्याको उपचारका लागि आउनेछन् । बिबिसीसँग कुरा गर्दै सोनाक्षीले भनिन्, ‘म सोच्थे, सेक्स जस्तो टपिक्स छ कसरी गर्छु होला, म सोनाक्षी सिन्हा केवल पारिवारीक फिल्ममात्र खेल्छु, मेरो बाबा आमाले के भन्नुहोला ? जब मैले स्क्रिप्ट पढे त्यसपछि मैले सोचे, मैलै यो भूमिकामा खेल्न्ैपर्छ, जुन टपिक्सले आजको दैनिकी कहानीको बयान गर्छ ।’

सोनाक्षीको सोचाई छ कि, भारतमा आज पनि सेक्सका विषयमा कुरा गर्न समस्या छ । यसका बारेमा मानिसहहरु कुरा गर्न अन्कनाउँछन् । जबकि यसका बारेमा कुरा गर्नु कुनै नराम्रो कुरा होइन । सोनाक्षीका अनुसार जनचेतनाका लागि यस्तो विषय स्कुलमा पनि पढाउनु जरुरी छ ।

तस्बिर : सिन्हाको फेसबुक वालबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम