Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु



१५ साउन,वासिङटन । सिन्ह्वा अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् ।

पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ ।

त्यस गोलीकाण्डमा परी मारिएकामा पसलका दुई कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

त्यस घटनाका दोषी एक जनालाई प्रहरीले गोली हानी घाइते बनाएर नजिकैको अस्पताल पु¥याएको पनि स्थानीय एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरी पुग्दा सो पसलका दुई जना कर्मचारी गोली लागेको अवस्थामा ढलेका र उनीहरुको सोही पसलमै निधन भएको जनाइएको छ ।

साउथाभेन नगरका नगरप्रमुख ड्यारेन मुसेलह्वाइटले उक्त घटनालाई हिंसक व्यक्तिहरुबाट गराइएको एक दुर्घटना भनी टिप्पणी गरेका छन् ।

त्यस घटनामा परी भएको निधनले आफूलाई निकै मर्माहत बनाएको भन्दै उहाँले मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्

प्रहरीले उक्त घटनामा संलग्नलाई गोली हानेर पक्राउ गरी त्यहाँ सम्भावित अझ ठूलो क्षति हुनबाट जोगाएको नगरप्रमुख मुसेलह्वाइटले ट्वीटमार्फत जानकारी दिएका छन् । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले