back

बसले बेवारिसे बमलाई ठक्कर, ज्यान गुमाउनेको सङ्ख्या बढ्यो

वि.सं.२०७६ साउन १५ बुधवार

711 

shares


१५ साउन, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीका चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

शु्रुमा प्राप्त समाचारमा यस दुर्घटनामा परी २८ जनाको मृत्यु भएको जनाइएको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् ।

बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेका स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई छिमेकमा रहेको हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको छ ।

यस बम अफगानिस्तानको विद्रोही समूह तालिबानले विस्फोट गराएको अनुमान गरिएको छ । राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

तालिबान लडाकू समूह सुरक्षाबललाई लक्ष्यगरी विस्फोटक पदार्थ, सडक किनारको बम र बारुदी सुरुङ्ग आक्रमण गर्दै आएका छन् ।

तर तालिबान लडाकू समूहले तयार पारेका घातक घरेलु हातहातियारले पनि सर्वसाधारण जनतालाई हानी पु¥याउँदै आएको छ ।

अफगानिस्तानमा जारी द्वन्द्वमा यसै वर्षको शुरुको छ महिनामा नै १ हजार ३६६ जना सर्वसाधारणको मृत्यु भएको छ भने, दुई हजार ४४६ जना घाइते भएका छन् । (रासस)

वि.सं.२०७६ साउन १५ बुधवार १४:३३ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...