एक बेलाका चर्चित भारतीय अभिनेत्री सुश्मिता सेनले आफूभन्दा १५ वर्ष कान्छा रहेका मोडल रोहमन शालसँग बिहे गर्दैछिन् ।
रिलेसनशिपमा रहेका उनीहरु २०१९ को अन्तिममा बिहे गर्ने बताइएको छ । एक रिर्पोटका अनुसार शुस्मिता र रोहमन २०१९ को अन्तिमतिर डिसेम्बरमा बिहे गर्दै छन् । शुस्मिता ४३ वर्षकी भइन् भने रोहमन २८ वर्षका छन् । उनीहरुबीच १५ वर्ष उमेरको अन्तर रहेको छ ।
शुस्मितासँग प्रेमको प्रस्ताव रोहमन आफैले गरेका थिए । सुस्मिताले आफूहरुको भेट एक फेशन सोमा भएको र रोहणले इन्स्ट्राग्राममा म्यासेज पठाएपछि कुराकानी भएको बताएकी छन् ।
१९९४ की मिस इण्डिया र मिस युनिभर्स समेत रहेको अभिनेत्री सुस्मिताले झण्डै दुई दर्जन फिल्ममा अभिनय गरेकी छन् ।
भारतका चर्चित अभिनेत्रीहरु प्राय आफूभन्दा कान्छा व्यक्तिसँग बिहे गर्ने गरेका छन् । हालैमात्र बिबाह बन्धनमा बाँधिएकी प्रियंका चोपडाले आफूभन्दा १० वर्ष उमेर कम भएका निक जोनसँग विवाह बन्धनमा बाँधिएकी छन् ।
त्यस्तै एश्वर्या रायले पनि आफूभन्दा दुई वर्ष कान्छा अभिषेक बच्चनसँग विवाह बन्धनमा बाँधिएकी हुन् भने विपाषा बसुले पनि आफूभन्दा ४ वर्ष कान्छा किरण सिंह ग्रोवरसँग विवाह बन्धनमा बाधिएकी हुन् । त्यस्तै सेफ अलि खान र अमृता सिंह बीच पनि १२ वर्षको उमेर अन्तर रहेको छ । सेफले १९९१ मा सिंहसँग आफ्नो परिवारका विरुद्ध गएर विवाह गरेका थिए । त्यस्तै अन्य अभिनेत्रीहरुले पनि आफूभन्दा कान्छासँग विहे गरेर घरजम गरेका छन् ।
वि.सं.२०७६ साउन १६ बिहीवार १०:१५ मा प्रकाशित




























