१६ साउन,काठमाडौं । भक्तपुर, सर्लाही, नवलपरासी(पूर्व), चितवन र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
भक्तपुर, चाँगुनारायण नगरपालिका ८ चरेलीस्थित सडकमा बा.१० च ४०२६ नम्बरको बलेरो जिप अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार सिन्धुली घर भएका३२ वर्षीय कान्छा राईको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका चालक दोलखामैलुङ्ग गाउँपालिका-१ घर भएका प्रदिप राउतलाई थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको छ ।
यसैगरी मध्यपुर ठिमीनगरपालिका ३गठ्ठाघरस्थित सडकमा ना.६त८६८नम्बरको ट्याक्टरमा प्रदेश३–०२–००३प५५२९ नम्बरको मोटरसाइकल बुधबार राति ठोकिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सुनपातेगाउँपालिका–४घर भएका रोमन तामाङको ट्रमासेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछापघरभएका रोजबहादुर थिङको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टरचालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै सर्लाही, कविलासी नगरपालिका–८ अगरवास्थित सडकमा बिआर ०६ पिई २८२२ नम्बरको टयाम्पोको ठक्करबाट सोही ठाउँ बस्ने रञ्जित चौधरीको ३ वर्षीय छोरा रक्की चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्युभएको थियो । ठक्कर दिने टयाम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी(पूर्व), कावासोती नगरपालिका–१६ सात घरेस्थित सडकमा ना.३७ प २६०० नम्बरको मोटरसाइकल ना.६ ख३४०१ नम्बरको ट्रकसँग बुधबार दिउँसो ठक्कर खाँदा मोटरसाइकल चालक कावासोतीनगरपालिका–१५ गुडार बस्ने राम प्रसाद अधिकारीको घटनास्थलमै मृत्युभएको छ । ट्रकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै चितवन, ईच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित सडकमा ना.७ ख ३९३९ नम्बरको कन्टेनर बुधबार दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी ८० मिटर तल त्रिशुली नदीमा खस्दा चालक पर्सा वीरगंज घर भएका ३६ वर्षीय कमलेश साहको कन्टेनरले च्याँपिएर मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका कन्टेनरकासहचालक पर्सा वीरगंज घर भएका अजय साहलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लगिएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका–३ बसामाडी लेवटस्थित सडकमा ना.६ ख १५०० नम्बरको ट्रकले ना.३८ प ५३३२ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका बस्ने ३० वर्षीय शौरभ सुवेदी र १८ वर्षीय अस्मित सुनारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनामध्ये शौरभ सुवेदीकोचुरेहील हस्पिटल र अस्मित सुनारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।