back

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

वि.सं.२०७६ साउन १६ बिहीवार

759 

shares

१६ साउन,काठमाडौं । भक्तपुर, सर्लाही, नवलपरासी(पूर्व), चितवन र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

भक्तपुर, चाँगुनारायण नगरपालिका ८ चरेलीस्थित सडकमा बा.१० च ४०२६ नम्बरको बलेरो जिप अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार सिन्धुली घर भएका३२ वर्षीय कान्छा राईको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक दोलखामैलुङ्ग गाउँपालिका-१ घर भएका प्रदिप राउतलाई थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको छ ।

यसैगरी मध्यपुर ठिमीनगरपालिका ३गठ्ठाघरस्थित सडकमा ना.६त८६८नम्बरको ट्याक्टरमा प्रदेश३–०२–००३प५५२९ नम्बरको मोटरसाइकल बुधबार राति ठोकिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सुनपातेगाउँपालिका–४घर भएका रोमन तामाङको ट्रमासेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछापघरभएका रोजबहादुर थिङको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टरचालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सर्लाही, कविलासी नगरपालिका–८ अगरवास्थित सडकमा बिआर ०६ पिई २८२२ नम्बरको टयाम्पोको ठक्करबाट सोही ठाउँ बस्ने रञ्जित चौधरीको ३ वर्षीय छोरा रक्की चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्युभएको थियो । ठक्कर दिने टयाम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी(पूर्व), कावासोती नगरपालिका–१६ सात घरेस्थित सडकमा ना.३७ प २६०० नम्बरको मोटरसाइकल ना.६ ख३४०१ नम्बरको ट्रकसँग बुधबार दिउँसो ठक्कर खाँदा मोटरसाइकल चालक कावासोतीनगरपालिका–१५ गुडार बस्ने राम प्रसाद अधिकारीको घटनास्थलमै मृत्युभएको छ । ट्रकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवन, ईच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित सडकमा ना.७ ख ३९३९ नम्बरको कन्टेनर बुधबार दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी ८० मिटर तल त्रिशुली नदीमा खस्दा चालक पर्सा वीरगंज घर भएका ३६ वर्षीय कमलेश साहको कन्टेनरले च्याँपिएर मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका कन्टेनरकासहचालक पर्सा वीरगंज घर भएका अजय साहलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लगिएको छ ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका–३ बसामाडी लेवटस्थित सडकमा ना.६ ख १५०० नम्बरको ट्रकले ना.३८ प ५३३२ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका बस्ने ३० वर्षीय शौरभ सुवेदी र १८ वर्षीय अस्मित सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनामध्ये शौरभ सुवेदीकोचुरेहील हस्पिटल र अस्मित सुनारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन १६ बिहीवार १४:३७ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...