अभिनेत्री तथा फिल्म निर्मात्री दीया मिर्जाले आफ्ना श्रीमान साहिल संघासँग आइतबार डिर्भोस गर्दै छिन् ।
उनीहरुले विहे गरेको पाँचवर्ष पछि डिर्भोस गर्न लागेका हुन् ।
२०१४ अक्टुबर १८ मा बिहे गरेकी ३७ वर्षीया दीयाले साथी, माया र विवाहसम्मको ११ वर्षको लामो सम्बन्ध टुंग्याउन लागेकी हुन् । दीया र साहिलले सौहार्दपूर्ण तरिकाबाट डिर्भोस दिने निर्णय गरेका हुन् ।
दीयाले सामाजिक संजालमा लेख्दै भनेकी छन्, ‘हामी साथि हौं । माया र सम्मानका साथ एकअर्कामा समपर्ण रहिरहने छौं । जबकी, हाम्रो यात्रा हामीलाई अलग बाटोमा लैजान सक्छ, हामी सधैका लागि आभारी छौं ।’
वि.सं.२०७६ साउन १६ बिहीवार १५:४५ मा प्रकाशित