back

विवेकशिल साझा पार्टीबाट राजीनामा, पार्टी राजावादी भएको ठहर

वि.सं.२०७६ साउन १६ बिहीवार

1.3K 

shares

साझा पार्टीको मलेसिया सद्भाव समितिको संयोजक बिमल बोहरा, मलेसियाको जोरबारु सद्भाव समुहको अध्यक्ष गोपाल धानुक (बैतडी), उपाध्यक्ष टेकेन्द्र शाहि (जाजरकोट), सचिव नरेन्द्र बोहरा बैतडी ,स सचिव डिल्ली अधिकारी (कैलाली), कोषाध्यक्ष बिरेन्द्र धानुक बैतडी, सदस्य क्रमशः जीवन टमाटा (दार्चुला), सागर वि सि (दार्चुला), लोकेन्द्रबहादुर धानुक (बैतडि) प्रेम बहादुर बोहरा (कैलाली), मंगलसिंह साउद (बैतडि), राजेन्द्र ढाट र वीर बहादुर बोहराले विवेकशील साझा पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको घोषणा गरेका छन् । एक विज्ञप्ति जारि गरी उनीहरुले राजीनामा दिएको घोषणा गरेका हुन् ।

पार्टिबाट राजिनामा दिनु पर्ने कारण प्रष्ट्याउँदै आफ्ना असहमतिहरु बताएका छन् । उनीहरुले पार्टीको सम्बन्ध राजावादीसँग भएको भन्ने ठहर गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘हालको साझा पार्टी भविष्यका जनताको लागि भन्दा पनि पार्टी कसरी बनाउने भन्ने रहेको र वेलाबेलामा जनमत संग्रह र धर्मनिर्पेक्षताका कुरा उठएको देख्दा यिनीहरुको राजावादीहरुसंग निकतम सम्बन्ध छ भन्ने ठम्याइ हामीले पार्टीबाट राजिनामा दिएका हौं ।’

त्यसैगरी पार्टीमा ठुला बडा र सम्पन्न बर्गका मानिसको मात्रै हालिमुहालि बढेको, कुनैपनि निर्णय गर्दा केन्द्र र संयोजक ले मनोमानि निर्णय गर्ने गरेको जस्तैः विगतको रास्ट्रिय सभामा राधेश्याम अधिकारीलाई समर्थन पछिको विवाद, अर्को प्रदेश ३ को प्रतिनिधि छनौट प्रक्रियामा छलफल नगरि निर्णय गरेर संगठनमा भाडभैलो ल्याएको र हालै समावेसिताको नाममा सबै सम्पन्न र पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिलाई केन्द्रीय सदस्य बनाइएको लगायतका कुराहरू र सुझाव दिदा पनि व्यवस्था गरेको उनीहरुको आरोप छ । कार्यकर्ताको सुझावलाई बेवास्ता गर्दा नै पार्टी फुटेको हो, भन्ने उनीहरुको ठम्याइ व्यक्त गरिएको छ । केही दिन अघि कैलालीमा नगर संयोजक र प्रदेशसभा सदस्य उम्मेदवारले दिएको राजिनामा लगाएतका बिषयमा छलफल गरेपछि राजीनामाको निर्णयमा पुगिएको बताइएको छ ।

बिबेकसिल साझा पार्टी सभा उमेदवार तथा मलेसियाको जोहरबारू सहसंयोजक बिरेन्द्र बोहरा बिमल लगायतका एकाई कमिटीका १३ जानले पार्टी परित्याग गरेको जानकारी गराइएको छ । राजीनामा गर्नेहरुमा :
सह सयोजक – बिरेन्द्र बोहरा बिमल
अध्यक्ष – गोबिन्द धानुक
उपाध्यक्ष – टेकेन्द्र शाहि
सचिब – नरेन्द्र बोहरा
सदस्य –
बिरेन्द्र धानुक
लोकेन्द्र धानुक
जीवन टमाटा
सागर बि सि
प्रेम बोहरा
डिल्लि अधिकारी
मगँल साउद
राजेन्द्र घनाडी
वीर बहादुर बोहरा रहेका छन् ।

वि.सं.२०७६ साउन १६ बिहीवार १६:४२ मा प्रकाशित

Himalayan Life AD
विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...