back

के-के हुन् त् २०७२ को संविधानले प्रत्याभूत गरेका महिला अधिकार ?

वि.सं.२०७६ साउन १७ शुक्रवार

762 

shares

१७ साउन, काठमाण्डौं । १- समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने, लैंगिक विभेद अन्त्य गर्ने ।

२ -आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने लगायतका नागरिकता सम्बन्धी विषयमाथि नागरिकताको शिर्षक अन्तर्गत उल्लेख गरे बमोजिम हुने ।

३- सामान्य कानुनको प्रयोगमा उत्पति, धर्म, वर्ण, जात, लिङ्ग वा अन्य कुनै आधारमा भेदभाव नगरिने ।

४–सामाजिक वा संस्कृतिक दृष्टिले पिछडिएका महिला लगायत नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानुन बमोजिम विशेष व्यवस्था गर्ने ।

५– महिलालाई लैंगिक भेदभाबविना समान वंशीय, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक हुने ।

६. महिला विरुद्द धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोविज्ञान वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने र त्यस्तो कार्य दण्डनीय हुने तथा पीडितले क्षतिपूर्ति पाउने ।


७ -राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशी सिद्दान्तको आधारमा सहभागिता रहने ।

८- महिलाले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधरमा विशेष अवसर प्राप्त गर्ने ।

९ -सम्पति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने ।

१०- सामाजिक रुपले पछाडि परेका महिला समेतले समावेशी सिद्दान्तका आधारमा राज्यको निकायमा सहभागी हुन पाउन सामाजिक न्यायको हक हुने ।

११ -आर्थिक रुपले विभिन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिलासमेतले सामाजिक सुरक्षा पाउने हक हुने ।

१२- मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैंगिक समानता सुनिश्चित गर्ने राज्यको राजनीतिक उदेश्य हुने ।

१३ -प्रजनन् अस्वस्थतामा आवश्यक सेवा सुविधाको उपभोगको सुनिचितता गर्ने ।

१४ -आर्थिक रुपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने ।


न्यायाधिश टेक नारायण कुँवरको फेसबुक वालबाट लिइएको ।

वि.सं.२०७६ साउन १७ शुक्रवार ०८:२६ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

२५ बर्ष अगाडी पर्वतमा सम्पन्न हातेमालोको इतिहास नबिर्सन सरोकारवालाहरुले आग्रह...

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...