back

चोरीमा बालकको संलग्नता

वि.सं.२०७६ साउन १७ शुक्रवार

276 

shares
NTC AD
Global IME AD

१७ साउन, धम्बोझी । एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा हिजो राति कालु र दामु नामका बालकले चोरी गरेका थिए । बाँकेको नेपालगञ्ज र बर्दियाको बजारमा हुने स–साना चोरीमा बालकको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जका नौ वटा पसल र आसपासमा शृङ्खलाबद्ध चोरीमा संलग्न नेपालगञ्ज–२०स्थित मदनापुरका १५ वर्षीय कालु विक र १६ वर्षीय दामु शाही पक्राउ परेपछि शृङ्खलाबद्ध चोरीमा संलग्न उनीहरू चोर्न सिकाउने गुरुसमेत रहेको रहस्य खुलेको छ ।

दामु पक्राउ परेको एक दिनपछि सोमबार राति कालु पनि पक्राउ परेका हुन् । चोरीका घटनामा प्रहरीको निगरानीमा रहेका कालु राति सुत्न आएका बेलामा पक्राउ परेका थिए । नौ वटा सटरमध्ये तीन वटाबाट रु एक लाख २० हजारका साथै रु तीन हजार ५०० बराबरको रिचार्ज कार्ड पनि उनीहरूबाट बरामत गरिएको थियो । कालु यसअघि छ पटक पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका इञ्चार्ज तथा प्रहरी निरीक्षक दीपक मल्लले बताए ।

“चोरीमा बालक पक्राउ पर्छन् । कम उमेर भन्दै छोडिन्छ तर फेरि चोरी गर्न पुग्छन, मल्लले भने, “उमेर कम छ । प्रहरीले छोडिहाल्छ भन्दै धेरैले चोरीलाई नै अँगालेको पाइयो ।” कालुको साथबाट रु १६ हजार र चोरी गरिएका कपडा बरामद गरिएको थियो । दामुको साथबाट पनि रू १६ हजार १५५ फेला परेको थियो । “विभिन्न नाममा चोरी गर्ने समूह नै परिचालन भएकाले सबैलाई खोजेर बिस्तारै सबैलाई नियन्त्रणमा लिन्छाँै”, उनले भने ।

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर वलीले दामु व्यावसायिक चोर भएको र उनले धेरै ठाउँ चोरी गरिएको भेटिनाका साथै उनीहरूको समूहमा तालीमप्राप्त चोर रहेको प्रमाण प्राप्त भएको बताए ।

चोरीमा बालकको विभिन्न समूह रहेको र टोलीनेताको थरअनुसार समूहको नामकरण गर्ने गरिएको रहेछ । प्रहरीले सबै बालकलाई नियन्त्रणमा लिएर सुधारगृहमा पठाउने तयारी गरेको छ ।

चोरीमा लागेका अधिकांश बालक बुबाआमा गुमाएका, बाबुआमा भएपनि विदेशमा रहेका र आमा अर्कैसँग विवाह गरी हिँडेको परिवारका छन् ।

वि.सं.२०७६ साउन १७ शुक्रवार ११:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...