
१७ साउन, काठमाण्डौं ।सनातन वैदिक परम्परामा कसैको मृत्युभएको डेढ घंटा भित्र बढीमा ४ घण्टा भित्र दाहसंस्कार गर्नुपर्छ । यो भन्दा बढी समय लगाउदा मृतक र आफन्तमा मृत्युको नकारात्मक प्रभाव परेर धेरै लामो समयसम्म पिरोलिरहन सक्छ । तसर्थ मृत्यु हुनासाथ कसैलाई नकुरी नजिकको घाटमा लगेर अन्तिम संस्कार जति चाडो गर्रिहाल्नु पर्छ । जति चांडो गर्यो, त्यति मृत्युपश्चातको पाटो सहज र सामान चरणमा पुनस्थापित हुन्छ । पूर्ण मृ्त्युको चरण पुरा हुन १३ दिन लाग्छ, त्यसैले १३ दिनसम्म विशेष संस्कार गर्नुपर्छ भनेको हो ।
किरियाप्रथा पनि यसकै अलि कडा र अपभ्रंश रूप मात्र हो । किरिया बस्ने तरिका अलि अव्यावहारिक हुनु अहिलेको यान्त्रिक युगमा स्वाभाविक छ । तर यसको मतलब मृत्यु र मृत्युसंस्कारको बिज्ञान परिवर्तन हुन सक्दैन । १३ दिनसम्म सहज स्वच्छ सफा बस्ने, दियो बाल्ने, खानपीन लवाई व्यवहारमा परहेज गर्ने, मृतकप्रति सम्मान गर्ने र आफूलाई मृतकको कुनै पनि लगाव वा प्रभावबाट मुक्त पार्ने गर्नुपर्छ ।
मृतकलाई जीवितहरूबाट मुक्त पार्न न्युनतम सामान्यतस् १३ दिन लाग्छ, नर्मल प्राकृतिक मृत्यु भएको अवस्थामा। अप्राकृतिक वा असामान्य मृत्युमा ९० दिनसम्म लाग्न सक्छ । मृत्युसंस्कार विधिसम्मत गरिएन भने मृतक र उनका जीवित परिवारजन र आफन्तमा शान्ति छाउन अनावश्यक लामो अवधि लाग्न सक्छ, सपना वा विस्मृतिमा व्यवधान उत्पन्न भईरहन सक्छ । मृत्यु र जीवन उही कुरा हो। प्राण उर्जाले शरिर त्यागगर्नु मृत्यु हो । अशरीर जीवन भनेको प्राण हो, त्यो मरेको हुदैन र मर्दैन । मृत्युसंस्कार अशरीर प्राणबाट जीवित र मृतक दुबैलाई मुक्ति दिलाउने प्रविधि हो, यो प्रविधि र बिज्ञान हो ।