Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

क्यान्सर पीडितको उपचारका लागि चटपटे व्यापार



१७ साउन, लमही । तुलसीपुर उपमहानगरपालिका–१४ मलवार निवासी बिपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार शुरु गरेका छन् । २० वर्षीय ओलीलाई यही वैशाखदेखि रक्त क्यान्सर भएपछि अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । तर आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पु¥याउन तुलसीपुरका विभिन्न क्रियाशील संस्थाहरुको पहलमा ती युवाहरुले चटपटे व्यापार गरेका हुन् ।
दाङ फिमेना गु्रप, राइट पाथ कन्सेलटेन्सी, दारी ग्याङ, द सल्यास ब्यान्डले बिहीबार चटपटे बेचेर करिब रु ४३ हजार १५७ आर्जन गरिएको राइट पाथका मेघराज ओलीले जानकारी दिए । “उनको आर्थिक अवस्था कमजोर भएकाले अहिले उपचार सम्भव भएको छैन”, उनले भने, “त्यसैले आफ्नो सानो सहयोगले कसैले नयाँ जीवन पाउँछ भने हामीले एक दिन चटपटे बेच्न तयार छौँ भन्ने प्रतिबद्धताअनुसार एक दिन चटपटे बेचेका हौँ ।”
सङ्कलन भएको उक्त रकम बैंकमार्फत पीडित ओलीको खातामा पठाइने भएको छ । ओलीको उपचारमा अहिलेसम्म करिब रु २० लाख खर्च भइसकेको छ । साथै सहयोगका लागि सबैमा आग्रहसमेत गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले