
१७ साउन, काठमाडौँ । नेपाल नागरिक उडड्यान प्राधिकरण र सो अन्तर्गतका कार्यालयका लागि ठूलो मात्रामा कर्मचारी माग गरिएको छ ।
आर्थिक वर्ष ७५\७६ को अन्तिम दिनसम्म रिक्त रहेका पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने सहमति भएअनुसार प्राधिकरणले धेरै सङ्ख्यामा कर्मचारी माग गरिएको जनाएको छ ।
प्रवन्धक, उपप्रवन्धक, देखि वरिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक पदसम्मका लागि दरखास्त आह्वान गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरुबाट साउन १९ गतेदेख २१ दिन भित्र प्राधिकरणको वेबसाइट www.caanepal.gov.np मा रहेको online Application form मार्फत दरखास्त फाराम भर्न सकिनेछ ।
दरखास्त दिने स्थान : नेपाल नागरिक उड्डयन प्राधिकरणको वेवसाइटwww.caanepal.gov.np मा गई Online application from मार्फत भर्नुपर्नेछ ।
– दरखास्त दिने अन्तिम मिति : २०७६ \०५ \०७ गते दरखास्तको अन्तिमम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट समेत सिंगल दस्तुरमा दरखास्त दिन सकिनेछ । दरखास्त दिने अन्तिम मिति पछि सात दिन समय दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ ।
-लिखित परिक्षा लोकसेवा आयोगमार्फत सञ्चालन हुनेछ । लिखित परीक्षाका लागि सम्पर्क मिति : २०७६ \०५\ २० गते ।
दरखास्त दस्तुर एन. एम. बी. बैंकको जुनसुकै शाखामा यस प्राधिकरणको खाता नं ००१०००००९३१f मा आवेदनकर्ताको नाम स्पस्ट उल्लेख गरी जम्मा गर्ने र सो को प्रमाण Online Application From मा संलग्न गर्नुपर्नेछ ।