१७ साउन ,काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका १५ हलचोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नैकाप घर भएका दिलबहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा बा.८८ प ७६८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङले प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
वि.सं.२०७६ साउन १७ शुक्रवार १४:१७ मा प्रकाशित




























