back

कलंकी गोली सन्दर्भ : अनुसन्धान बारे डा विष्णु शर्माले गरे यस्तो आशंका

वि.सं.२०७६ साउन १७ शुक्रवार

726 

shares

१७ साउन, काठमाडौँ । १४ गते बेलुका सवा आठ बजे कलंकीस्थित डा विष्णु शर्मा नेपालको घरमा कसैले हानेको बन्दुकको गोलि भेट्टियो । संयोगले सो गोलिले कुनै मानवीय क्षति गरेन । डा शर्माको घरलाई भन्दा पनि पूर्ब उपसचिबको घरमा गोलि हानिएको भन्ने समाचारहरु आए । यसविषयमा प्रहरीले अनुसन्धान गर्दैछ, तर अनुसन्धान प्रक्रियामा गरिएका कामहरु फितलो भएको भन्दै उनले अनुसन्धानले सही निष्कर्ष देला भन्नेमा आशंकाका साथै अनुसन्धानलाई सहयोग पुग्ने ६ बुँदा प्रस्तुत गरेका छन् । उनले अनुसन्धानमा गरेको आशंका यस्तो छ :
१) पहिलो कुरा त शुरुदेखि नै यसलाई सामान्य घटनाको रुपमा मात्रै हेरिएको भान हुन्छ। खानतलासी हुनुपर्ने ठांउमा, गरिनुपर्ने समयमा, र भएको पनि प्रयाप्त रुपमा हुन नसकेको देखिन्छ। त्यहि कमजोरीको कारणले बास्तबिक हत्याराहत्यारै भन्छु म, किनकी हत्याकै प्रयास हो त्यो पत्ता लगाउन सकिने कैयौँ प्रमाणहरु प्रहरीले जानीनजानी लुज गरेको जस्तो देखिन्छ।

२) न्युज यस्तो किसिमले आइराखेको छ कि, संधै पूर्ब उप(सचिबको घरमा भन्छ यो किन भनिएको थाहा छैन, म पूर्ब उपसचिब हैन। कहिले यो गोली चरा मार्ने हो भनेर आंउछ त कहिले झुक्किएर पसेको हो भन्ने न्युज आंउछ, फेरि हरेक न्युजमा प्रहरीको जिम्मेवार अधिकारीको नाम उदृत गरिन्छ। जब अनुसन्धान नै पूर्ण भएको छैन, खास गोली नै कुन राइफलको हो भन्ने निर्क्योल नभएजस्तो देख्छु म, यस्तो अबस्थामा फलानो प्रहरीले यसो भने भनेर न्युज लेख्नेलाई सम्बन्धित निकायले वाच गर्नुपर्ने जस्तो लाग्छ, किनकी यो ज्यादै सेन्सिटिभ बिषय भएकोले।

३) बकाइदा शार्प शुटरले नै हानेजस्तो एङ्गल मिलाएर ताकेर हानिएको यो घटनामा प्रहरी अझै बढि गम्भिर हुनुपर्ने पो हो कि ? किनकी कोठामा बत्ती बालेको ५– ६ मिनेटपछि कुर्सीमा बसेको मान्छेलाई नै ताकेर हानिएको प्रष्ट देखिने यस्तो घटनामा किन कहिले चरा मार्ने गोली हो यो भनिन्छ त कहिले झुक्किएर पसेको होला भनिन्छ ? यदि यो न्युज प्रहरीले दिएको होइन भने किन प्रतिबाद गरिंदैन, उनीहरुलाई बोलाएर यो गलत हो, यस्तो कन्फ्युजिङ न्युज किन लेखेको भनेर किन सोधिंदैन ? हामी भाग्यबस बच्यौं, तर हाम्रो ईमान्दारीताको फाइदा उठाएर कसैले चलखेल नगरोस्। देशको पक्षमा संधै आवाज उठांउदै आइरहेका एकजना अभियन्ताको घरमा राजधानीको मुटुमा कसैले ताकेर यसरी गोली हानेको छ। यसलाई सरकारले त्यस रुपमा पनि गम्भिर रुपमा लेवोस् र दोषी पत्ता लगावोस्, नत्र यो देशमा कोहि बस्न सक्ने स्थिति रहंदैन। जब छिमेकबाट त्राश छ, जब सत्यकुरा बोल्दा त्राश छ, जब सरकारले गरेको यो काम भएन यहाँ भ्रष्टाचार भयो भन्नेहरुलाई त्राश छ, अनि यो मुलुकमा निर्धक्क बस्न सक्ने को त ? खै शान्ति सुरक्षा ?? खै दुईतिहाई को सरकार ? आज यतिका दिन भैसक्यो, राजधानीको मुटुमा, खै के हो यस्तो ?

४) रिजल्ट अहिलेसम्म खासै नदेखिएपनि, हामी प्रहरीको अनुसन्धानलाई पूर्ण सहयोग गरिराखेका छौँ, र केहि सत्य आउला भनी पूर्ण आशाबादी छौं। तर यो कुराले निराश बनांउछ कि अहिलेसम्म पनि त्यो गोली कुन राइफलमा मिल्ने गोली हो भनेर स्पष्ट किटान हुन सकेजस्तो लाग्दैन। प्रहरीका पनि आफ्ना बाध्यता, लिमिटेशन अबश्य होलान। जानकारहरु गोलीको फोटो र साइज हेर्दा इन्सास वा एसएलआरको जस्तो देखिन्छ भन्छन्। फेरि इन्सास त आर्मी बाहेक अरुसङ हुंदैन रे। यदि त्यस्तै हो भने यो अनुसन्धानमा आर्मीको वा अन्यत्रका बिज्ञहरु पनि खटाउनुपर्ने हुन सक्छ। यसमा सरकार र सम्बन्धित पक्षको ध्यान जावोस। मेरो घरमा सायद मलाई नै टार्गेट गरेर हानिएको हुन सक्ने यो गोली कुनै चरा मार्ने चानचुने गोलि जस्तो देखिंदैन त्यसैले अब अनुसन्धान त्यसै रुपमा गरियोस् भनेर हामी स्पस्ट माग गर्दछौं। यसलाई यत्तिकै सामसुम हुन दिइने छैन।

५) देशमा सोझासाझा ईम्मान्दारहरु जो संधै देश र समाजकै हितमा दत्त चित्त भै लागिराखेका छन्, आवाज उठाइराखेका छन् त्यस्ता अभियन्तालाई यसरी ताकेर गोली हानिएको छ, सरकार गम्भिर रहोस्। यो मुलुकमा शान्ति सुरक्षा यस्तै भएर पुग्ला ? ईमान्दार मान्छे बस्न सक्लान ? बिदेशी लगानी आउला ?? सक्दैनन्, आंउदैन, प्रष्ट भए हुन्छ।

६) यो पोस्ट प्रहरीलाई निरुत्साहित गर्न होइन, उनीहरुलाई अरु उत्साहित भएर अनुसन्धानमा खटिउन, र उनीहरुलाई आबश्यक थप सहयोग परेमा सरकारले तुरुन्त उपलब्ध गरावोस्, सत्य तथ्य पत्ता लगाउन कसैले अबरोध नगरोस्, सोर्सफोर्स नलगावोस्, भन्ने सोचाइले नै लेखिएको हो। यो बाहेक अन्यथा नबुझ्न अनुसन्धानमा रातोदिन खटिनुभएका प्रहरी मित्रहरुलाई अनुरोध गर्दछु, यो तपांइहरुकै सपोर्टमा हो, म तपांइहरुप्रति पूर्ण आशाबादी नै छु, छिटो सफलता मिलोस्।

वि.सं.२०७६ साउन १७ शुक्रवार १४:४७ मा प्रकाशित

Himalayan Life AD
नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर (नवलपरासी) । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी...

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला...

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९०...

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा...

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट (उदयपुर) । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’...