back

सहकारीको ब्याजमा कडाई गर्दै सरकार, आइतबारदेखि कर्जामा नयाँ व्याजदर

वि.सं.२०७६ साउन १७ शुक्रवार

786 

shares

१७ साउन, काठमाण्डौं । सरकारले सहकारीका नाममा खोलिका बित्तिय संस्थाहरुले लिने गरेको ब्याजदरमा कडाई गरेको छ ।

आगामी साउन १९ गतेबाट लागू हुनेगरि सहकारीहरुले लिने गरेको चर्को ब्याजदरमा कडाई गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालय अन्र्तगतको सहकारी बिभागले यस्तो निर्णय गरेको हो । साथै सहकारीहरुले लिने गरेको ब्यजदर अन्तर (स्प्रेड रेट) पनि ६ प्रतिशत भन्दा बढी लिन नपाउने निर्णय गरेको छ । अहिले सहकारीका नाममा खोलिएका बित्तिय संस्थाहरुले कर्जामा २० प्रतिशत भन्दा बढी ब्याज असुल्दै आएका छन् भने निक्षेपमा १० प्रतिशत भन्दा कम मात्र ब्याज दिने गरेका छन् ।

भर्खरै राष्ट्र बैकले पनि मौद्रिक नीतिमार्फत बैंक तथा बित्तिय संस्थाहरुको स्प्रेड रेटलाई थप कडाई गर्दै ४.४ प्रतिशतमा कायम गरेको थियो । राष्ट्र बैंकको यहि नीतिलाई अनुशरण गर्दै सहकारीहरुको नियमनकारी निकाय शहकारी बोर्डले पनि कडाईको नीति लिने निर्णय गरेको छ ।

शुक्रबार बिभागमा आयोजित पत्रकार सम्मेलनमा बिभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले कर्जाको ब्याजदर १६ प्रतिशत भन्दा कम र ब्याजदर अन्तर ६ प्रतिशतमा सिमित गरिएको जानकारि दिए ।

यस अघि सरकारले रजिष्ट्रार पाण्डेको संयोजकत्वमा सहकारीहरुको ब्याजदर निर्धारण समिति गठन गरेको थियो ।

सरकारले सहकारीहरुको कर्जामा कडाई गरेपछि सहकारीको चर्को व्याजको चेपुवामा परेका सर्वसाधारणले राहतको महसुस गर्नेछन् ।

वि.सं.२०७६ साउन १७ शुक्रवार १७:४६ मा प्रकाशित

Himalayan Life AD
आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवद्र्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवद्र्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

काठमाडौं । पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र...

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकी । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा...

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको...

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ । मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी...

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

काठमाडौँ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र...