
पारिडाँडा पात बजाउथी पिपलु,
झलझलको आउँछ ती दिनको ।
शून्य होला डाँडैको चौतारी,
वारिडाँडा सुसेली हरायो बरको ।
मौसम रिमझिम जुनेली रात,
खै ! किन होला यो मन मलिन छ ।
सपनामा आफू खेलेको देख्छु ,
आज आफ्नै बचपन गायब छ ।
पिडा त के कति सुनाउ र खै !
जति सम्झ्यो छाती यो चर्किन्छ ।
आकास खुशी खुलेर घाम लाग्दा,
यो मन खुशी जब बचपनले सम्झन्छ !
दुख्यो देशको मुटु,ब्यथा प्रदेशीलाई छ,
पाइदो रहेनछ दबाइ चिन्ता अति छ ।
सेवा गरौंला देशको जवानी अझै छ,
नेता पाल्न रेमिट्यान्स आउँदै छ ।
हिम्मत त पटक्कै हारेको छैन,
यो ज्यानले बहादुरी देखाउछ ।
पौरखी पाखुरी अझै गलेका छैनन्,
मन फाट्दा यहि मनले सिलाउँछ ।
गणतन्त्रको बिरुवा भर्खर रोपेको,
मुना हेरेर मनले मनलाई बुझाउदैछ ।
जगेर्ना गर्ने सबैको कर्तव्य हो,
गोडमेल गर्न प्रदेशी आउँदैछ ।