back

कविता : मन मलिन छ

वि.सं.२०७६ साउन १८ शनिवार

1.6K 

shares

पारिडाँडा पात बजाउथी पिपलु,
झलझलको आउँछ ती दिनको ।
शून्य होला डाँडैको चौतारी,
वारिडाँडा सुसेली हरायो बरको ।

मौसम रिमझिम जुनेली रात,
खै ! किन होला यो मन मलिन छ ।
सपनामा आफू खेलेको देख्छु ,
आज आफ्नै बचपन गायब छ ।

पिडा त के कति सुनाउ र खै !
जति सम्झ्यो छाती यो चर्किन्छ ।
आकास खुशी खुलेर घाम लाग्दा,
यो मन खुशी जब बचपनले सम्झन्छ !

दुख्यो देशको मुटु,ब्यथा प्रदेशीलाई छ,
पाइदो रहेनछ दबाइ चिन्ता अति छ ।
सेवा गरौंला देशको जवानी अझै छ,
नेता पाल्न रेमिट्यान्स आउँदै छ ।

हिम्मत त पटक्कै हारेको छैन,
यो ज्यानले बहादुरी देखाउछ ।
पौरखी पाखुरी अझै गलेका छैनन्,
मन फाट्दा यहि मनले सिलाउँछ ।

गणतन्त्रको बिरुवा भर्खर रोपेको,
मुना हेरेर मनले मनलाई बुझाउदैछ ।
जगेर्ना गर्ने सबैको कर्तव्य हो,
गोडमेल गर्न प्रदेशी आउँदैछ ।

वि.सं.२०७६ साउन १८ शनिवार ०८:०९ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गजल

गजल

श्याम माकजू,भक्तपुर फुले पुष्प मनमा जवानी रहन्छ त्यहीँ भित्र घरमा...

कविता : भ्रष्टाचार

कविता : भ्रष्टाचार

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, नुवाकोट नेता छान्न चुनावको लहरमा, जुट्छन् सबै...

कविता : आमा बिनाको घर

कविता : आमा बिनाको घर

घनश्याम पौडेल,पोखरा आमा सन्ततिका निमित्त छत हुन् हावा हुरी छेक्दिने...

कविता : आवाजको खोजीमा

कविता : आवाजको खोजीमा

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर–६, बैतडी एक्लो शासन फूलको...

रागविराग

रागविराग

सुन्दरप्रसाद रिजाल, विराटनगर नानीभित्र बास बसेर परेलीका ओठ चलाउँछौ तिमी।...