Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता :दुर्घटित यात्रा !



खलाँतीजस्तै गरेर
एक्लै चलिरहेछ फोक्सो
एक्लै उफ्रिरहेछ मुटु
एक्लै टोलाइरहेछन् आँखा
एक जोडा खुट्टा
हिड्नुको मनितो राखिरहेछन्
कहाँ पुग्न हिडेको हो
खुट्टाहरूलाई नै थाहा छैन
न कहीं पुग्नु पर्ने हतार छ
न कहीं नपुगिएकोमा सुर्ता छ
साथी
एउटा यात्रा यसरी दुर्र्घिटत भएको छ !

ओठहरू चलिरहेछन्
केही आवाज आइरहेको छ
आवाजको अर्थ के हो
ओठहरूलाई नै थाहा छैन
ओठहरू चलिरहेका छन्
ताली बजिरहेका छन्
किन बजेका हुन् ताली
स्वयम् हातहरूलाई थाहा छैन
साथी,
एउटा गह्रुङ्गो भाषा
यसरी दुर्घटित भयो
र एउटा अश्लिल गालीमा बदलियो !

कि सहिद बन्छु
कि जितेर फर्कन्छु भन्ने योध्दाहरू
मर्दा पनि नमरिकन
जीत पनि हाँसिल नगरी
रित्तो हात फर्केका छन्
कोही फेरि डिटोनेटर खोज्दै छन्
कोही ’दुश्मन’का मित्र बनेका छन्
र कोही सुसाइड नोट लेख्दै छन्
र तिनका ’महान’ कमाण्डरहरू
समृध्दिको स्वर्गमा
सुनको अँगालोमा मस्किरहेछन्
साथी,
एउटा महा–आख्यानको अन्त
यसरी दुर्घटित भयो
र लेखियो–
महापतनको उपसंहार !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले