back

महाकालीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा

वि.सं.२०७६ साउन १८ शनिवार

651 

shares

१८ साउन, दार्चुला । निर्माण सम्पन्न भएको आठ महिनापछि महाकाली नदीमाथि बनेको लाली र भारत पिथौरागढको डड्या जोड्ने पुलको औपचारिक रूपमा उद्घाटन गरिएको छ । नेपाल सरकारले तुइन तथा ट्युब विस्थापन कार्यक्रमअन्तर्गत निर्माण भएको झोलुङ्गे पुलको औपचारिक रूपमा शुक्रबार उद्घाटन गरिएको हो ।

लेकम गाउँपालिका–३ लालीस्थित निर्माण भएको झोलुङ्गे पुलको नेपाल र भारतका अधिकारीहरूले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । नेपालका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट, लेकम गाउँपालिकाका अध्यक्ष प्रमानन्द जोशी, भारत पिथौरागढका विधायक विशनसिह चुफाल, जिल्ला अधिकारी विजयकुमार जोगदण्डेलगायत दुवै देशका सुरक्षा अधिकारीको सहभागिता थियो ।

भारतको उत्तराखण्ड सरकारले पिथौरागढ जिल्लाका मजिस्ट्रेट कार्यालयले गत सोमबार पत्र लेखेर लाली पुल सञ्चालनका लागि अनुमति दिएको थियो । भारतको उत्तराखण्ड सरकारका उपसचिव रणजित सिंहले पिथौरागढका मजिस्टे«टलाई चिठी लेखेर भारतको गृहमन्त्रालय र उत्तराखण्डको गृह मन्त्रालयले पुल सञ्चालन गर्न कुनै आपत्ति नभएको जानकारी गराउँदै पुल सञ्चालन गर्न अनुमति दिएपछि औपचारिक रूपमा पुलको उद्घाटन गरिएको बताइएको छ ।

पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गर्ने घोषणा गर्नुभएको थियो । सोही कार्यक्रमअन्तर्गत लालीमा ट्युब विस्थापन गर्दै झोलुङ्गे पुल निर्माण गरिएको हो । नेपाल सरकारको रु एक करोड ३२ लाख लगानीमा उक्त पुल गत पुस २ गते निर्माण सम्पन्न भएको थियो ।

“पुल सञ्चालन भएपछि जोखिमपूर्ण ट्युबको यात्रा अन्त्य भएको छ”, पुलको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख कार्कीले भने, “अब महाकाली बढ्दा कष्टकर ट्युबको यात्रा सधैँलाई अन्त्य भएको छ ।” नेपाल र भारतका स्थानीयको दैनिक आवतजावतको रूपमा रहेको ट्युब यात्रा अन्त्यको घोषणाले स्थानीयमा आठ महिनापछि खुशी छाएको छ ।

पुल उद्घाटनका लागि पुगेका अधिकारीहरूलाई गाउँपालिका र स्थानीयले भव्य स्वागत गरेका थिए । पुल सञ्चालनमा आएपछि लाली क्षेत्रका नागरिक मात्रै नभएर लेकम गाउँपालिका–१ का सर्मोली र बिनखाली, वडा नम्बर २ का कुणी र गाणागाउँ, ३ का लाली, मकन्ना, ऐरपाली, गुमाखोली र किम्तड, वडा नं ४ का बुडाकोट, खरकडा, पाथी र टकना, वडा नम्बर ५ का रिठाचौपाता, मैखोली, सिरोडा तथा वडा नं ६ का तेनीगाउँ, उचाकोट, मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ बाँकु, वडा नम्बर ६ डाडाकोट र वडा नम्बर ४ हुनैनाथका नागरिक ट्युबको जोखिमबाट मुक्त भएका छन् ।

यस्तै भारतको पिथौगढका जिल्ला अधिकारी जोगदण्डेले पुल सञ्चालनपछि सीमा क्षेत्रका दुवै देशका नागरिकलाई सहज भएको बताए । लेकम गाउँपालिकाका अध्यक्ष प्रमानन्द जोशीले सिङ्गो लेकमका स्थानीयका लागि पुल सञ्चालनले खुशी बढेको बताए । “पुल बन्छ भनेर हल्ला मात्रै सुनेका थियौँ”, लालीका स्थानीय शेरसिंह विष्टले भने, “अब जोखिम यात्रा टुङ्गिएको छ, पुल बने पनि यस क्षेत्रमा भन्सार कार्यालयसमेत आवश्यक छ ।”(रासस)

वि.सं.२०७६ साउन १८ शनिवार ०८:३२ मा प्रकाशित

Himalayan Life AD
न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको न्युटन कलेजले नगरपालिकामै पहिलोपटक स्नाकोत्तरतहमा...

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम  सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’...

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

काठमाडौं । नेपाल टेलिकमले आफ्नो Value Added Services (VAS) प्रणालीअन्तर्गत...

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

काठमाडौं  । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेडले “Tiqmo...

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत...

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

काठमाडौं  । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) र...