Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता-उल्टा बग्यो सागर



यौटा चल्छ उखानझैं घत छुने सम्वाद वार्तातिर
हल्का लाग्छ परन्तु अर्थ गहिरो व्यक्त्याउने पुच्छर
हो स्वाभाविक पालिने कुकुरले हल्लाउँदा पुच्छर
हल्लाए यदि कुक्कुरै पुछरले, उल्टा बग्यो सागर ।।१।।

सर्कारी ढिकुटी र कोष जनको रित्याउँदै दिन्दिन
शिक्षा पाउन डाक्टरी सकसले थैली जुटायो दिन
खाँदो कोष उही हर्कादछ उसै, सर्कार मान्ने डर
हल्लाए यदि कुक्कुरै पुछरले, उल्टा बग्यो सागर ।।२।।

राखेका प्रहरी खटून् प्रहरमा सेवा सुरक्षा गरी
खारी तालिम अश्त्र सज्जित गरी विश्वास मानेसरि
हत्यारा मतियार छल्दछ उही सर्कार भो लर्बर
हल्लाए यदि कुक्कुरै पुछरले, उल्टा बग्यो सागर ।।३।।

जे छन् कानुन संविधान विधिका होला कि उल्लङघन
गर्ला रक्षण अख्तियार दिइयो छानेर विद्धत् गण
जत्थाकै मुखिया ठहर्छ घुसिया सर्कार भने निम्छर
हल्लाए यदि कुक्कुरै पुछरले, उल्टा बग्यो सागर ।।४।।

बाटा या पुल, बाँध वा नहरको निर्माणका खातिर
तोकिन्छन् विधिसाथ सुदृढ बनून्–सारा बने निम्छर
भन्नै हुन्न, सकिन्न रै’छ हनुमान् ठेक्दारको नै डर
हल्लाए यदि कुक्कुरै पुछरले, उल्टा बग्यो सागर ।।५।।

सूर्तीजन्य पदार्थ सेवन गरे, झोला भिरे प्लास्टिक
हुन् यी कानुनले निषिद्ध, जसले गर्ला हुने दण्डित
खै ! त्यो कानुन ? जो प्रयोग छ सधैं देख्छौं ? न देख्ने गर
हल्लाए यदि कुक्कुरै पुछरले, उल्टा बग्यो सागर ।।६।।

यी यस्ता कति छन् विसङ्गति अरु देशै हुने लज्जित
छौं आफै यदि निष्कलङ्क ? विधिका सन्दृष्टिले सज्जित
पाल्तू सेवक राख आदर गरी कल्यै नहुन् दुच्छर
भुक्ने मालिकतर्फ नै यदि भए खेदे भयो कुक्कुर ।।७।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम