शंका गर्दा
रीस जन्मियो
रीस हुर्कदा
शंका पैmलियो
शंका फैलदा
पवित्र मनमा चोट प¥यो
फेरि, रीस बल्झ्यो
शंकाको आगो सल्क्यो दनदनी
पानी हाल्नु को सट्टा
पेट्रोल पो छर्कियो परचक्रीले
रमीता पो हे¥यो
अनि बजायो ताली पनि ।
जे भयो तीतो विगत थियो त्यो
आगो ननिभाई हुन्न हामीले,
वास्तविकता यहि हो
मिलेर हटाउनु पर्छ,
विषालु भाइरसहरुलाई
वाचा गरौ हामी,
विषाक्त भाइरसलाई मनमा पस्न दिन्नांै भनी ।
हो, कसम खान्छु म पनि
अब घर नबिगारौँ भनी
प्रतिज्ञा गर तिमी पनि, आगो बल्न दिने छैन भनी
हिजो जे भो भैगो,
विर्सीदिऊ
डर लाग्दो सपना देख्यौं भनी
अहिल्यैबाट
नयाँ जीवन सुरुवात गरौँ हामी
समाजमा एक उदाहारणीय जोडी बनी ।
Mobile No.:9841558353
वि.सं.२०७६ साउन १८ शनिवार ०८:२३ मा प्रकाशित



























