back

लघुकथा : को चरित्रहीन ?

वि.सं.२०७६ साउन १८ शनिवार

909 

shares

सुम्निमा रत्नपार्कमा लगनखेल जाने माइक्रो कुरिरहेकी थिई । आज उसको स्कुटी बिग्रिएकाले बनाउन मर्मत सेन्टरमा छाडेकी थिई । विजय पनि त्यही बाटो लाजिम्पाट जाँदै थियो । बाटोमा मस्तकी तरुनी उभिएको देखेर तैपनि जालमा माछो परिहाल्छ कि भन्दै उसले त्यो केटीको नजिकै गएर बाइक रोक्यो ।

धूलो र धुवाँ अनि जाडोले गर्दा अनुहार ढाकेर माक्स लगाएकी सुम्निमालाई नचिनेरै विजयले भन्यो ‘एक्स्क्यूजमी, कहाँ जाने हो ? म पु¥याइदिन्छु नि, गाडी पाएनजस्तो छ ।’

सुम्निमाले माक्स खोली अनि भनी ‘ओहो विजय ! तिमी कहाँबाट आइपुग्यौ, हेर न म एकघण्टा भैसक्यो गाडी कुरेर बसेको, आउदै आएन । धन्न तिमी आइपुगेछौ धन्यवाद है, लु जाऔँ ।’

विजय एक्कासी ठूलो–ठूलो स्वरमा करायो ‘लाज पचेकी नकच्चरी । ग्राहक पर्खेर बसेकी थिइस् होइन ? मलाई देखेर नाटक गर्छेस् ? तँलाई पनि म प्रेमिका भनेर बस्छु, तँ जस्ता बेइज्जतिलाई लिएर पनि म हिँड्छु ? थुक्क ! तँ जस्ती चरित्रहीन केटीसँग प्रेम गरेर मैले कस्तो गल्ती गरेछु ? अबदेखि तँ पेशेवर केटीले मलाई भेट्ने कोशिश नगर् । हाम्रो सम्बन्ध सकियो भनेर सुम्निमाले केही बोल्न नपाउँदै मोटरसाइकल स्टार्ट गरेर विजय गयो ।

विचरी ! सुम्निमालाई चट्याङ् परेजस्तो भयो, हेरेको हे¥यै भई । छेउमा माइक्रोको खलासी कराउँदै थियो ‘ए दिदी ! जाने हो ? लगनखेल, लगनखेल ।’

[email protected]

Mobile no.-9851059950

Ghattekulo-29,Kathmandu

वि.सं.२०७६ साउन १८ शनिवार ०८:२५ मा प्रकाशित

Himalayan Life AD
खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...

गजल

गजल

पुष्पा नेपाल सुवेदी 'पुष्पाञ्जलि '-झापा दिँदा प्रेम सच्चा झुटो हो...