
सुम्निमा रत्नपार्कमा लगनखेल जाने माइक्रो कुरिरहेकी थिई । आज उसको स्कुटी बिग्रिएकाले बनाउन मर्मत सेन्टरमा छाडेकी थिई । विजय पनि त्यही बाटो लाजिम्पाट जाँदै थियो । बाटोमा मस्तकी तरुनी उभिएको देखेर तैपनि जालमा माछो परिहाल्छ कि भन्दै उसले त्यो केटीको नजिकै गएर बाइक रोक्यो ।
धूलो र धुवाँ अनि जाडोले गर्दा अनुहार ढाकेर माक्स लगाएकी सुम्निमालाई नचिनेरै विजयले भन्यो ‘एक्स्क्यूजमी, कहाँ जाने हो ? म पु¥याइदिन्छु नि, गाडी पाएनजस्तो छ ।’
सुम्निमाले माक्स खोली अनि भनी ‘ओहो विजय ! तिमी कहाँबाट आइपुग्यौ, हेर न म एकघण्टा भैसक्यो गाडी कुरेर बसेको, आउदै आएन । धन्न तिमी आइपुगेछौ धन्यवाद है, लु जाऔँ ।’
विजय एक्कासी ठूलो–ठूलो स्वरमा करायो ‘लाज पचेकी नकच्चरी । ग्राहक पर्खेर बसेकी थिइस् होइन ? मलाई देखेर नाटक गर्छेस् ? तँलाई पनि म प्रेमिका भनेर बस्छु, तँ जस्ता बेइज्जतिलाई लिएर पनि म हिँड्छु ? थुक्क ! तँ जस्ती चरित्रहीन केटीसँग प्रेम गरेर मैले कस्तो गल्ती गरेछु ? अबदेखि तँ पेशेवर केटीले मलाई भेट्ने कोशिश नगर् । हाम्रो सम्बन्ध सकियो भनेर सुम्निमाले केही बोल्न नपाउँदै मोटरसाइकल स्टार्ट गरेर विजय गयो ।
विचरी ! सुम्निमालाई चट्याङ् परेजस्तो भयो, हेरेको हे¥यै भई । छेउमा माइक्रोको खलासी कराउँदै थियो ‘ए दिदी ! जाने हो ? लगनखेल, लगनखेल ।’
neupanerajan185@gmail.com
Mobile no.-9851059950
Ghattekulo-29,Kathmandu