
मनलाइ नजान्दा
विचारहरूको भिडमा
आफूलाइ खोज्दै रहेछु म ।
कहिले बुद्धि चलाएर
कहिले हृदयको सागरमा डुबेर
म त मनले जे भन्छ मान्दै पो रहेछु ।
हो, मन चलि नै रहन्छ
म रोक्न सक्दिन मनलाई
तर म बेवारिसे अवस्थामा पनि त
छोड्न सक्दिन आफ्नै मन ?
अन्तत ः मैले मनबाट आफूलाइ
निकाल्ने प्रण गरेकी छु
यो मन जहाँ विचारहरू
आजीवन ओइरि रहन सक्छन्
जस्को इतिहासमा मात्र लडाइँ चल्छ
जस्लाइ विश्वास गर्नै सकिन्न ।
आफ्नै मनको साक्षी नबनी
अरूलाइ खै के भन्नु ?
बदलिरहने विचारहरूलाइ
सोच हो भनेर कसरी मात्र के गर्नु ?
अब त भत्काउनै पर्छ मैले
शरीर र म बीचमा लागेको मनको पर्खाल ।
रानीबू, ललितपुर