
रमेर काममा सधैँ अडिग भै सदा सदा
उचालूँ देश नै युवा जमेर काममा सदा
यो देशका कुरा सबै गरेर मात्र बस्दछन्
उठाऊँ हात लौ सबै ती ईश हात थाम्दछन् !
उठेर हेर मर्द हो यो देश भन्छ के सुनौँ
लिएर साथमा ध्वजा छुनूछ जून लौ सुनौँ
उमेरमैँ त काम सब् सकेर वीर बस्दछन्
उठाऊँ हात लौ सबै ती ईश हात थाम्दछन् !
हे नारी देशका सबै एकत्र गोल भै उठौँ
फुकी कदम् सदा सदा समग्र जोसले उठौँ
गरिबी र निरीहता लजाई फुत्त भाग्दछन्
उठाऊँ हात लौ सबै ती ईश हात थाम्दछन्
हे देश–पुत्र शैन्य हो किसान हो सबै जुटौँ
अबेर भो अबेर भो सरक्क आज नै जुटौँ
’डटेर कृष्ण भै उठौँ’ अनि सबै त जाग्दछन्
उठाऊँ हात लौ सबै ती ईश हात थाम्दछन् !
दमक, झापा