Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता-समय बदलिएको छ



मन भरिको माया
आँखा भरिको सपना
मारेर
तिमीले भन्यौ
माइली..!
समय बदलिएको छ
उल्लास र आशाहरु बदलिएको छ ।

सुनसान जहाँ बेमत्लवी हिसाब हुन्छ
हो यही बेला
मेरो देश दुखेको छ
मेरो भेष दुखेको छ
मेरो नाम दुखेको छ
तिम्रो काम र दाम दुखेको छ
मेरो मेची देखि काली दुखेको छ
तिम्रो चप्पल देखि सारी दुखेको छ
मेरो टिष्टा र काङ्गडा
सतलज र ब्रम्हपुत्र दुखेको छ ।

तिमीलाई
तिम्री आमा र सन्तान दुखेको छ
हो माइली ..
तिमी उहीँ म उहीँ
समय बदलिएको छ
मेरो घण्टाघर दुखेको छ
धरहरा दुखेको छ ।

तिम्रो घर थर,
माई गाई र दाइहरु दुखेका छन्
अनि
आमा र सानीमाहरु दुखेका छन्
यो बेला तिम्रो र मेरो दुखाइ फरक छ
हो माइली
तिमी उहीँ म उहीँ
समय बदलिएको छ ।

मेरो देशको सुगन्धित
बासना हराउँन सक्छ
बगैंचामा हत्याकाण्ड मच्चिएको छ
त्यसैले
तिम्रो र मेरो जिम्मेवारी फरक छ
झण्झट बराबरी होला
गुनासो नगर माइली
तिमी उहीँ म उहीँ
समय बदलिएको छ ।

हाल, काठमाण्डौ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ