Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

छात्रवृत्तिमा अध्ययन गरेकालाई परिचालन गर्न समिति गठन गरियो



१८ साउन, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीलाई परिचालन गर्ने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा भीमप्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् ।

समितिले आंशिक तथा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ती ऐन–२०२१ तथा छात्रवृत्ति सम्बन्धी नियमावली–२०६० बमोजिम अध्ययन समाप्ति पश्चात सरकारले खटाएको स्थानमा अनिवार्य रूपमा सेवा गर्नुपर्ने गरी राष्ट्रलाई आवश्यक परेका विषय क्षेत्रमा जनशक्ति परिचालन गर्ने गराउने सम्बन्धमा अध्ययनगरी एक महीनाभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने छ ।

यसैगरी समितिका अन्य सदस्यमा सबै विश्वविद्यालयका रजिष्ट्रार, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्चशिक्षा महाशाखाका सहसचिव र प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाका सहसचिव सदस्य रहेका छन् ।
सरकारले खटाएको स्थानमा अनिवार्य रूपमा सेवा गर्नुपर्ने गरी राष्ट्रलाई आवश्यक परेका विषय क्षेत्रमा जनशक्ति परिचालन गर्ने गराउने सम्बन्धमा अध्ययनगरी सुझावसहितको प्रतिवेदन तयार गर्न सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

स्वास्थ्य शिक्षाका विषय बाहेकका कृषि, इञ्जिनीयरिङ्ग वन, पशु, विज्ञानलगायतका प्राविधिक विधातर्फका शैंक्षिक कार्यक्रममा विश्वविद्यालयले आफैंले नियम, विनियम तथा कायविधि निर्माणगरी तोकिएको सख्यामा पूर्ण, आंशिक तथा निःशुल्क रूपमा छात्रवृत्ति प्रदान गरिरहेको भए पनि सरकारले खटाएको स्थानमा सेवा गर्नुपर्ने गरी कबुलियतनामा गराई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था हालसम्म कार्यान्वयन भएको पाइदैन ।

मन्त्रिपरिषदबाट स्वीकृति भई कार्यान्वयनमा रहेको ‘निजी लगानीमा सञ्चालन गरिएको प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति, २०६३’ मा प्राविधिक महाविद्यालय सञ्चालन गर्ने संस्थाले २० प्रतिशत निःशुल्क छात्रवृत्ति कोटा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले