back

गजल

वि.सं.२०७६ साउन १८ शनिवार

906 

shares

फुल्ने रहर गरेका हुन्छन् सबै कलीले,
थाहा छ, लुट्नु लुट्छन् भमरा र माहुरीले ।

ढाँटेर वा लुटेरै पनि गर्छ स्वार्थ पूर्ति,
आफन्त वा पराया भन्दैन मतलबीले ।

यो के गर्यौ, मलाई लाग्यो अचम्म साथी !
अनुहारमा छ मैलो ऐना पुछ्यौ तिमीले ।

खोला, कुला, कुलेसा, झर्ना सबै सँगै छन्,
साथै लिएर बग्छु भन्दै थियो नदीले ।

यो सृष्टि बुझ्नलाई पर्याप्त छैन आयु,
नलिई हुँदैन एकदिन अवकाश जिन्दगीले ।

तिम्रो इमानदारी लाग्दैन काम भाइ !
नेता प्रसन्न हुन्छन् दिनरात चाकडीले ।

सहयोगी हात पाऊन्, झुपडीहरू रमाऊन् ,
भगवान् खुसी हुँदैनन् पूजा र आरतीले ।


मुजारे बहर,
गजल गैरमुरद्दफ
ईले–काफिया

वि.सं.२०७६ साउन १८ शनिवार ०८:३६ मा प्रकाशित

Himalayan Life AD
पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा...

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...