back

कविता : मेरा गुरु

वि.सं.२०७६ साउन १८ शनिवार

4.6K 

shares

मेरा गुरु
उनले सिद्धान्त पढाए,
दर्शन शास्त्रको ठेली बोकेर
मानवताको वकालत गरे
दासत्वको खिल्ली उडाउँदै,
स्वाभिमानको कथा पढाए ।

मेरा गुरु
रुपान्तरणको ब्याख्या गर्दा गर्दै,
स्वयम् रुपान्तरित भए,
बेचेर सिद्धान्त दरिद्र भए
धितो राखेर स्वाभिमान,
राष्ट्रिय धावक भए
आज गुरुहरुको दौड प्रतियोगिता
मेरो गुरु त्यतै गए
रंगशालामा जर्सी लगाएर
बेटमा दौडिने बिचारा घोडा पो भए ।

मेरा गुरु,
बुढेसकालमा सोडा पो भए
पिठ्युमा त्रिसुल डामेर
दलालहरुले तोक लगाए
छुट्टै ट्रेड मार्क बनाए
मुसुक्क हाँस्दै व्यापारीहरु
गुरुलाई अबिर लगाए
मेरो टिभी सर्मायो
तर गुरुहरु ताली बजाए ।

अहो !
कस्तो अचम्म मक्ख पर्दै
ती व्यासहरु दंग पर्दै
ति बाल्मिकिहरु
चक हुर्याएर टुकुचेमा
अर्ध चेतनामा रमाए
गुरुत्व बिर्सेर लोभमा
उफ ! ती कसोरी बर्बराए
लाम लगेर रंगशालामा सपथ खाए ।

मानौ यस्तो लाग्यो
एउटा लोभी ब्राह्मणलाई
पापीहरुले
कालो चस्मा
लगाई हात्तीमाथि चढाए
यो राजदूत बन्ने प्रतियोगिता,
यो जी एम बन्ने प्रतियोगिता,
यो स्वयम् विद्वानहरुको पनि
विद्वान बन्ने प्रतियोगिता ।

ज्ञानको महासागरमा
क्याप्टेन बन्ने प्रतियोगिता
टिके विज्ञापनमा
झिल्के बन्ने प्रतियोगिता
यो दौडिनै पर्ने प्रतियोगिता,
जित्नु पर्ने र जिताउनु पर्ने प्रतियोगिता ।

सकी नसकी पनि,
यो दक्षिणा चढाउनु पर्ने प्रतियोगिता
उफ ! ज्ञानलाई धितो राखेर
अमिलो हाँसो हाँस्नु पर्ने प्रतियोगिता,
सिठी बज्यो !
अहो गुरुहरु कुदे !
गुरुहरु जुधे !
जित्नेहरु प्रतियोगितामा
तक्मा लगाउने पुगे ।

तर ,
ज्ञान रोयो विज्ञानले आँसु बगायो
स्वयम् कर्ता
कर्म भयो क्रियाको सिकार
दर्शन शास्त्र टुकुचेबाट
धोबिघाटमा मिसियो
बागमती जिल्ल पर्यो
जय गुरुदेव !

वि.सं.२०७६ साउन १८ शनिवार ०८:३८ मा प्रकाशित

Himalayan Life AD
पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा...

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...