back

सर्तक रहौँ : थुनाबाट छुटाइदिन्छु भन्दै ठगी गर्नेहरु सक्रिय

वि.सं.२०७६ साउन १८ शनिवार

867 

shares

१८ साउन, काठमाडौँ (रासस) । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी हुने गरेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी रु एक लाख ठगी गरेको खुल्न आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी र वकिललाई बुझाउनुपर्छ भन्दै अरु रु पाँच लाख माग गरेकोसमेत खुल्न आएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा महोत्तरीका प्रवीणकुमार लाभलाई पक्राउ गरी परिसरले अनुसन्धान थालेको छ ।

धनुषा जनकपुर उप–महानगरपालिका वडा नं–२ का ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते एड्भान्स स्वरूप रु एक लाख लिएको पाईएको बोगटीले जानकारी दिए । वानेश्वरस्थित एक क्याफेमा पैसा लिएर फरार भएपछि उक्त घटना प्रहरीमा आइपुगेको हो । काठमाडौँको कलङ्कीबाट उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले हो । ठगी मुद्दामा गत असार ३१ गते पक्राउ परी हाल प्रहरीको हिरासतमा रहेका आकिव जावेद, यमदादुल मोमिन र सगिर शेखलाई छुटाउन प्रहरी र सरकारी वकीललाई पैसा दिनुपर्ने भन्दै उनले रु ६ लाख माग गरेका थिए ।

जावेद भारतीय नागरिक हुन् । उनीहरू अनलाईनमार्फत रु ५० लाख बिगो बराबरको ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् ।

वि.सं.२०७६ साउन १८ शनिवार ०९:२५ मा प्रकाशित

Himalayan Life AD
दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

गण्डकी  । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ...

प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा

प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा...

तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

काठमाडौँ । सामाजिक अभियानमा सक्रिय रहेकी आशिका तामाङ धादिङ–१ बाट...

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको...

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक...