Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

उमेरमा पाको, सेवामा काँचो



१९ साउन, काठमाडौँ । एक सय ३० वर्ष पुगेको मुलुककै पहिलो एलोपेथिक चिकित्सालय वीर अस्पतालको सेवा र गुणस्तर भने समयअनुसार पाको हुन सकेको छैन ।

१९४७ साउन १२ गते १५ शैयाबाट सुरु भएको वीर अस्पताल हाल तीन सय ८० शैया क्षमता भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रुपमा सञ्चालित छ । २०७२ सालको भूकम्पअघि यसको क्षमता चार सय ६० शैयासम्म पुगेको थियो । १९९० सालमै सिभिल मेडिकल स्कुलको सुरुवात गरेको वीरमा हाल एमडी÷ एमएस, एमडिएस्, डिएममसिएच साथै पिविएन, एमएन, एनेस्थेसिया सहायक, एमआइटी विषयको अध्यापन हुँदै आएको छ ।

१७ रोपनीमा अत्याधुनिक सात तले ६ सय ५० शैयाको भवन निर्माणधीन रहेको वीरको आर्थिक पारदर्शिता र गुणस्तरीय सेवा प्रदान गर्ने विषय भने प्रश्नको घेरामा परेको छ ।

जाइकाको सहयोगमा ९१ शैयाको भवन निर्माण सम्पन्न भई जेठमा नै न्याम्सलाई हस्तान्तरण गरिए पनि सो भवन प्रशासनको लापरबाहीका कारण अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । आइतबारको नागरिक दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले