Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

युनाईटेड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्दै



१९ साउन, काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी, नेपाल लिमिटेडले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले भदौ ३ गतेदेखि असोज ६ गतेसम्म २४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको एनएमबी क्यापिटल लिमिटेडका अनुसार उक्त हकप्रद सेयरका लागि १ बराबर २ दशमलव ४ को अनुपातमा आवेदन दिन सकिने छ ।

हकप्रद निष्काशनको लागि कम्पनीले साउन १४ गते एक दिनको लागि बुक क्लोज गरेको छ । साउन १३ गतेसम्म कायम भएका शेयर लगानीधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले असार ८ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो । बिमा समितिले तोकेको १ अर्ब पुंजी पु¥याउन कम्पनीले हकप्रद निष्काशन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम