Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

संगठनभित्रको सिन्डीकेट तोड्न पनि मेरो उम्मेदवारी-महासचिवकी उम्मेदवार जानकी गुरुङ



डिल्ली अम्माई, बेल्जियम । गैरआवासीय नेपाली संघको महासचिवमा सचिव जानकी गुरुङले उम्मेदवारी दिने बताएकी छन् ।

सचिव गुरुङले संघको आगामी २०१९–०२१ का लागि महासचिवमा आफ्नो उम्मेदवारी घोषणा गर्दै संगठनभित्र केही व्यक्तिहरुको सिन्डीकेट रहेको हुनाले त्यसलाई तोड्न बलियो र हिम्मतीलो मान्छे चाहिने बताएकी छन् । गुरुङले त्यो उर्जा र हिम्मत आफूभित्र रहेको पनि बताउँदै आफूले महासचिवमा उम्मेदवारी दिने बताएकी हुन् ।

बेल्जियम तथा नेपालमा समेत रेष्टुरेन्ट ब्यवशाय गर्दै आएकी एनआरएनए अन्तराष्ट्रिय समितिको बहालवाला सचिब (सन् २०१७–२०१९) समेत रहेकी गुरुङले आगामी कार्यकालको लागि महासचिवको रुपमा काम गर्ने गरी आफ्नो तैयारी सुरु गरेको समेत बताइन् ।

कुराकानीको क्रममा गुरुङले ’डायस्पोराका सम्पूर्ण महिलाहरुको आत्मा सम्मानकालागि मात्र नभएर गैह्रआबासिय नेपाली संघको स्थापनाकालको उद्धेश्य परिपूर्तिको लागि पनि यसपटक आफ्नो महासचिबमा उमेद्वारी रहने’ सोच भएको बताएकी छन् “अहिलेसम्म यो संस्थामा नियमित बजेट सार्वजनिक तथा बिनियोजन गरि सो अनुरुप कार्यक्रमहरु संचालन गर्ने परिपाटीको बिकास गर्न सकिएको छैन । नियतबस त्यसो गरिएको हो वा केहो थाहा भएन । यदि नियतबस हो भने त्यसलाई तुरुन्त बदल्न आबस्यक छ । शिर्षक अनुसार बजेट बिनियोजनको परिपाटीले एक त आर्थिक योजना र संगठनका कार्यक्रम नियमित हुन्छन भने अर्को तर्फ संगठन भित्र पारदर्शी आर्थिक अनुसाशन कायम हुन्छ ।’

त्यस्तै कुराकानीको क्रममा सचिब जानकीले भनिन्, ,“एनआरएनए केन्द्र र राष्ट्रिय समन्वय परिषदमा कार्यकालको नियमित बजेट प्रक्षेपण गर्ने ब्यवस्था लागु गर्नुका साथै संस्थालाई थप पारदर्शिता, चुस्त र व्यवहारिक बनाउन, सरल, सामाजिक र भावनात्मक गतिबिधिबाट संस्थाको साख उचो राख्न, मुलूकको बिकास र समृद्धिको सहयोगि भूमिकालाई व्यबहारमा उतार्न, संस्थामा आबद्धताका लागि सरल र सहज बातावरण बनाउन, दक्ष, प्राबिधिक र बौद्धिक जनशक्तिलाई देश बिकासमा सरिक गराउने बिशेष कार्यक्रम तर्जुमा गर्न, आमा (महिला) मार्फत दोश्रो पुस्तालाई संस्थामा सकृय गराउन बिशेष कार्यक्रम लागु गर्न,नेपाली सेवा र उत्पादनलाई विश्व बजारमा प्रबर्द्दन गर्न र संस्थामा मौलाउदै गएको रकमी, कलमी, लुकिछिपी गरिने दलाली तथा मानवतस्करी र सबैखाले गलत प्रवृतिलाई रोक्न मेरो उमेद्वारी रहने छ ।’

अर्को एक प्रसंगमा उनले अलिक दकस मान्दै आफ्नो कुरा राख्नु राखिन् भाइ ! दुःख लागे पनि भन्नै पर्ने हुन्छ, हाम्रो संगठनमा केहि व्याक्तिहरुको सिन्डिकेट छ । अँध्यारो कुनामा बसेर सिन्डिकेटमार्फत् पुर्बलिखित निर्णय सुनाइन्छ । पानी धमिल्याएर संगठनको निर्णयलाई कुल्चिइन्छ त्यसैले त्यो अबस्था नबदले सम्म सबैका लागि एनआरएनए बन्नै सक्दैन । त्यो तोड्न अलिक जियालो मान्छे चाहिन्छ। जसको लागि मैले निरन्तर संघर्ष गर्दै आएकी छु। मेरा हरेक कार्यकालहरुको समिक्षा गर्नु भो भने तपाइहरुले त्यो हिम्मत र उर्जा म भित्र पाउनु हुनेछ । ’

तपाइँ कुन खेमाबाट उठ्ने हो त कुलजीको खेमाबाट कि कुमारजीको ? भन्ने प्रश्न उनले हाँस्दै भनिन्,’ भाइ ! म एनआरएन खेमाबाट उठ्ने हो किनकी कुनै प्रकारका सिन्डिकेट वा गुट उपगुट संस्थाभित्र हुनुहुन्न भन्दै म निरन्तर लड्दै आएकी छु । सँस्थागत न्याय, गैह्रआबासिय नेपालीहरुको मन मुटु जोड्ने कार्य, मुलुकको कृषि, उद्योग, हाइड्रो, ब्याबशाय, सिक्षा, संचार, स्वास्थ्य, सफाई, निर्माण लगायतका क्षेत्रमा हामीले सिकेको प्रबृद्धि हस्तान्तरण लगायत प्रमुख मुद्धाहरु छन् । त्यसको लागि हामीसंग आन्तरिक र बाह्य चुनौती सामना गर्ने सक्ति र सामथ्र्यको आबस्यकता रहन्छ । यी यावत कुराहरुमा मेरो प्रतक्ष्य चासो रहने छ ।’

जानकी गुरुङ निर्णय र कार्यमा कठोर भएपनि युरोप मात्र नभएर संसारभरका नेपालीहरुसंग भिजेकी महिला नेत्री हुन् । अनुभबको हिसाबले भन्नु पर्दा उनी एनआरएनए बेल्जियम तदर्थ समितिको संस्थापक कोषाध्यक्ष (२००५) हुँदै एनआरएनए बेल्जियम सल्लाहाकार (२००६–२००८),एनआरएनए युरोप सहसँयोजक (२००७–२००९), एनआरएनए बेल्जियमको तेश्रो कार्यकालको अध्यक्ष (२०११–२०१३), एनआरएनए बेल्जियमको तर्फबाट आइसिसी सदस्य (२०१३–२०१५), एनआरएनए बेल्जियमको तर्फबाट आइसिसी सदस्य (२०१५–२०१७) र एनआरएनए केन्द्रिय समितिको बहालवाला सचिब (सन २०१७–२०१९) हुन् । यस बाहेक उनी चितवन क्याट लगायत अनगिन्ति अभियानहरु मार्फत परोपकारी अभियानहरुमा सक्रिय सक्रिय भूमिका निभाइसकेकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ