४ अगस्त, कुवेत । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) कुवेतको छैटौं महाधिबेशनले अध्यक्षमा सुजन केसीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
अगस्त २ मा सम्पन्न परिषद्को छैटौं अधिबेशनले अध्यक्षमा केसीलाई सर्वसम्मत निर्वाचित गर्दै प्रथम उपाध्यक्षमा हरि लावती, महिला उपाध्यक्षमा अमृता बान्तवा, उपाध्यक्षमा होम नाथ गिरी, राणा ध्वज लामा, महासचिवमा मान बहादुर तामाङ (दिल कुमार पाख्रिन), सचिवमा जिबन कुमार बिक, माधव शाही, कोषाध्यक्षमा हर्क बहादुर मोक्तान, सहकोषाध्यक्षमा पुर्ण प्रसाद श्रेष्ठ, युवा संयोजकमा नबराज पराजुली, महिला संयोजकमा रमिता योञ्जन, महिला सहसंयोजकमा माया राई लाई चयन गरेको छ ।

त्यस्तै परिषद्को सदस्यमा उमेश पुडासैनी, बम बहादुर बिष्ट, दामोदर बटाला,देबी बहादुर सुनुवार,प्रकाश राई, माधव पौडेल, गीता गुरुङ, प्रदिप कार्की, मनोज ढकाल, दल बहादुर बस्नेत,
सोनाम लामा, जिबन सुनार, अनुशा राई, ध्रुब कुमार कार्की, प्रेम प्रसाद गुरुङ, मोहन कुमार पौड्याल र गोविन्द न्यौपान रहेका छन् ।

वि.सं.२०७६ साउन १९ आइतवार १२:४१ मा प्रकाशित




























