Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता



१९ साउन,मनिला । फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ ।

इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ ।

इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ । आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो ।

आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन् । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम