back

बौद्ध सङ्ग्रहालय स्थापना हुँदै

वि.सं.२०७६ साउन १९ आइतवार

834 

shares

१९ साउन, काठमाडौँ । महामानव गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ ।

प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका साथै रु एक करोड विनियोजन गरेको छ । अहिले सङ्ग्रहालय निर्माणका लागि आवश्यक जग्गा खोजी भइरहेको रामग्राम नगरपालिकालाई जग्गा उपलब्ध गराउन पत्राचार गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

उनले भने, “नगरपालिकाले जग्गा उपलब्ध गराएपछि सूचना प्रकाशन गरिन्छ, यसै वर्ष निर्माण हुने उक्त सङ्ग्रहालयमा बुद्धकालीन पुरातात्विक वस्तु तथा चित्र सङ्ग्रह गरिनेछ, त्यसबाट बुद्धकालीन अवस्थाबारे देशविदेशबाट आउने पर्यटकले जानकारी पाउनाका साथै पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ ।” सङ्ग्रहालयमा बुद्धको जीवनीसँग सम्बन्धित वस्तु तथा बुद्धकालमा प्रयोग हुने गरेका भाँडाकुँडा, सिक्का, इँटा, त्यसबेलाका घरका आकृत्तिलगायत पुरातात्विक वस्तु राखिनेछ । प्रदेश सरकार लुम्बिनी भ्रमण वर्षका अवसरमा रामग्रामलाई उच्च महत्व दिएर यसको प्रवद्र्धनमा लागेको हो।

सन् १९९९ देखि २००२ सम्म स्तूप वरिपरि उत्खनन गरिएकामा त्यसपछि लामो समयसम्म यहाँ थप उत्खनन हुन सकेको छैन । उत्खननका क्रममा मौर्यकालदेखिका इँटाका विभिन्न खण्डहर, कुषाणकालीन तामाका मुद्रा, खैरो रङका माटाका भाँडावर्तनका टुक्रा, बालाका टुक्रा, माटाका मूर्ति, धातुका रड, बहुमूल्य पत्थर, जनावरका बङ्गारा, मानव अस्थिपञ्जरका साथै कला र अस्मिभूतका अवशेष भेटिएका थिए ।

पछिल्लो समय उक्त स्तूपको विकासमा प्रदेश सरकारले चासो लिन थालेपछि यहाँका नागरिक पनि उत्साहित छन् । मन्त्री चौधरीको पहलमा पूर्व–पश्चिम राजमार्गबाट रामग्राम स्तूपलाई जोड्ने गरी दुई वडास्तरीय सडकमार्ग निर्माण गरिएको छ । स्तूप र देउरवा जोड्ने पुल नहुँदा त्यहाँको विकास पछि परेको गुनासो आएकाले अहिले उहाँकै पहलमा पुल बनाउन पनि बजेट विनियोजन गरिएको छ । लुम्बिनी विकास कोषले स्तूपको चौतर्फी विकासका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाएको छ । कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीका अनुसार स्तूपलाई ५०० मिटर रेडियसमा राखेर जग्गा अधिग्रहणको काम शुरु गर्न लागिएको हो ।

सो स्तूप पश्चिम नवलपरासी जिल्लाको प्रमुख पर्यटकीयस्थल हो । हालै १०० गन्तब्य सूचीमा समावेश यो स्थल विश्वसम्पदा सूचीमा सूचीकृतका लागि पर्खाइमा छ । धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्व रहेको सो स्तूप झरही नदी किनारमा अवस्थित छ । सुन्दर बगैँचा एवं वनभोजका लागि उचित स्थान रमणीय पनि छ । रामग्राम बुद्धको अष्तुधातु यथास्थितिमा राखिएको स्थल भएको र बुद्ध धर्मावलम्बीले बुद्ध त्यहाँ जीवित रहेको मान्यता राख्ने गरेको स्तूप संरक्षण समितिका अध्यक्ष शम्भु उपाध्यायले बताए । “यसलाई बुद्धको महत्वपूर्ण धामका रूपमा लिने गरिएको छ, बौद्ध भिक्षु–भिक्षुणी तथा बौद्ध धर्मावलम्बी यहाँ प्रार्थना गर्दा शान्ति मिल्ने विश्वासले आउने गरेका छन्”, उपाध्यायले भने।

रामग्राम महामानव गौतमबुद्धको मावली गाउँ भएको र उनको बाल्यकालको क्रिडास्थल तथा प्राचीन कोलीय गणराज्यको राजधानी रहेको विश्वास गरिन्छ । सो स्तूप पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा पर्दछ छ । झरही खोलाको किनारको समतल मैदानमा रहेको थुम्को नै रामग्राम स्तूप हो । असी फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको यो स्तूप माटोबाट बनेको छ । बौद्ध गन्थ्रअनुसार भगवान् गौतमबुद्धको महापरिनिर्वाण भएपछि उनको शवलाई दाहसंस्कार गराउँदा भस्म नभई मोतीको आकारमा चम्किलो दाना बनेका थिए । तिनै दानालाई अस्तु धातु भनिएको हो । यी अस्तुधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शाक्य, कोलीय, गवराज र मल्लसमेत आठ राज्यका राजा आई बाँडेर लिएको र विभिन्न स्थानमा आठ वटा स्तूप निर्माण गरिएको ऐतिहासिक आख्यान छ । यहाँ आन्तरिक तथा बाह्य गरी वार्षिक ३० हजार बढी पर्यटक आउने गरेका छन् । स्तूपको विकास, प्रवद्र्धन र संरक्षणको जिम्मेवारी लुम्बिनी विकास कोषको अधिनमा छ । (रासस)

वि.सं.२०७६ साउन १९ आइतवार १३:१० मा प्रकाशित

Himalayan Life AD
न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको न्युटन कलेजले नगरपालिकामै पहिलोपटक स्नाकोत्तरतहमा...

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम  सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’...

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

काठमाडौं । नेपाल टेलिकमले आफ्नो Value Added Services (VAS) प्रणालीअन्तर्गत...

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

काठमाडौं  । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेडले “Tiqmo...

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत...

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

काठमाडौं  । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) र...