१९ साउन , काठमाडौं । ललितपुर जिल्ला अदालत पाटनबाट फरार रहेका सुनिल क्षेष्ठ पक्राउ परेका छन् ।
ठगी मुद्दामा १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार ३ सय ८७ रूपैयाँ ४० पैसा जरिवाना तोकिई फरार रहेका भक्तपुर मध्यपुर ठिमि नगरपालिका–१ बस्ने ४८ वर्षीय सुनिल श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमि नगरपालिका–१ बोडेबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।