Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु



१९ साउन,काठमाडौं । महोत्तरी, सर्लाही र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–४ स्थित सडकमा ना.७ ख १६४१ नम्बरको बसले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको कविलासी नगरपालिका – ७ सिरसियास्थित सडकमा बीआर ३(भी)७१८७ नम्बरको मोटरसाइकललाई शनिबार राति हाल नम्बर नखुलेको ट्रयाक्टरले ठक्कर दिंदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सर्लाही चक्रघटा गाउँपालिका-६ बस्ने रामशिला कुमारी दासको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

ट्रयाक्टर सहित फरार रहेका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङ को तुलसीपुर उपमहानगरपालिका १२ रजेनीस्थित सडकमा लु.२ त ३४३५ नम्बरको ट्याक्टरबाट शनिबार राति सोही ठाउँ बस्ने राम कृष्ण चौधरी एक्कासी खसेर गम्भीर घाइते भएकाले उपचारको क्रममा उनको राष्ट्रिय प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिइ हाल फरार रहेका चालकको खोजी कार्य गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम