Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई ?



४ अगस्त, काठमाण्डौं । जहाज उडाउनै लागेका अमेरिकी पाईलट स्कटल्याण्डमा पक्राउ परेका छन् ।

स्कटल्याण्डबाट न्यूयोर्कका लागि उडान गर्ने तयारी गरिरहेका युनाईटेड एयरलाईन्सका विमानचालकलाई मादक पदार्थ सेवनको आरोपमा पक्राउ गरिएको बिबिसीले जनाएको छ ।
स्कटल्याण्डको ग्लासोबाट न्यूयोर्क उड्न लागेको जहाजबाट ६१ वर्षीय र पैतालिस वर्षीय उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

यूए १६२ को उडान गर्नुअघि उनीहरुलाई प्रहरी हिरासतमा लिएर मंगलबार अदालतमा उपस्थित गराउने बताइएको छ ।

‘यात्रुहरु र चालकदलका सदस्यहरुको सुरक्षा सधै आफ्नो उच्च प्राथमिकतामा रहनेछ ।’ सोहि विषयलाई लिएर युनाईटेड एइरलाईन्सले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी सबै कर्मचारीहरुको उच्च मूल्यांकन गर्छौ र हाम्रो नीति मदिरासेवनप्रति पूर्णरुपमा असहनशील छ ।’
युनाईटेड एयरलाईन्सले ती विमानचालकहरुलाई तत्कालै सेवाबाट निश्कासन गरिएको बताउँदै शिघ्र आफ्ना यात्रुहरुलाई गन्तव्यमा पुर्याउने हिसाबले काम गरिरहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

सन् २०१७ मा पनि सोहि एयरलाईन्सका दुई पाइलट ३५ वर्षीय पल ग्रेबेन्स र ४५ वर्षीय कार्लोसलाई मदिरा सेवन गरेको आरोपमा ग्लासो एयरपोर्टबाटै पक्राउ गरेर जेल सजाय गरिएको थियो । ग्रेबेन्सलाई १० महिना र लीकोनालाई १५ महिना जेल सजाय गरिएको थियो ।

फाईल : फोटो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले