back

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई ?

वि.सं.२०७६ साउन १९ आइतवार

681 

shares

४ अगस्त, काठमाण्डौं । जहाज उडाउनै लागेका अमेरिकी पाईलट स्कटल्याण्डमा पक्राउ परेका छन् ।

स्कटल्याण्डबाट न्यूयोर्कका लागि उडान गर्ने तयारी गरिरहेका युनाईटेड एयरलाईन्सका विमानचालकलाई मादक पदार्थ सेवनको आरोपमा पक्राउ गरिएको बिबिसीले जनाएको छ ।
स्कटल्याण्डको ग्लासोबाट न्यूयोर्क उड्न लागेको जहाजबाट ६१ वर्षीय र पैतालिस वर्षीय उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

यूए १६२ को उडान गर्नुअघि उनीहरुलाई प्रहरी हिरासतमा लिएर मंगलबार अदालतमा उपस्थित गराउने बताइएको छ ।

‘यात्रुहरु र चालकदलका सदस्यहरुको सुरक्षा सधै आफ्नो उच्च प्राथमिकतामा रहनेछ ।’ सोहि विषयलाई लिएर युनाईटेड एइरलाईन्सले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी सबै कर्मचारीहरुको उच्च मूल्यांकन गर्छौ र हाम्रो नीति मदिरासेवनप्रति पूर्णरुपमा असहनशील छ ।’
युनाईटेड एयरलाईन्सले ती विमानचालकहरुलाई तत्कालै सेवाबाट निश्कासन गरिएको बताउँदै शिघ्र आफ्ना यात्रुहरुलाई गन्तव्यमा पुर्याउने हिसाबले काम गरिरहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

सन् २०१७ मा पनि सोहि एयरलाईन्सका दुई पाइलट ३५ वर्षीय पल ग्रेबेन्स र ४५ वर्षीय कार्लोसलाई मदिरा सेवन गरेको आरोपमा ग्लासो एयरपोर्टबाटै पक्राउ गरेर जेल सजाय गरिएको थियो । ग्रेबेन्सलाई १० महिना र लीकोनालाई १५ महिना जेल सजाय गरिएको थियो ।

फाईल : फोटो

वि.सं.२०७६ साउन १९ आइतवार १३:४० मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...