
१९ साउन, बर्दिया । राजापुर नगरपालीका ७ बस्ने हरी चरण चौधरीको घरमा आगलागि भएको छ ।
चौधरीको घरमा आइतबार बिहान आगलागी हुँदा नजिकै रहेका अन्य ३ वटा घर, ति घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत जलेर करिब ९ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।