back

बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमाथि मुद्दा दायर

वि.सं.२०७६ साउन १९ आइतवार

777 

shares

१९ साउन, काठमाण्डौं । अख्तियारद्धारा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पकुलपति प्रा.डा राजकुमार रौनियारविरुद्ध मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उपकुलपति प्रा.डा रोनियारलाई १ करोड २८ लाख भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरिएको हो । आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा रौनियारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का दिने क्रममा उक्त भ्रष्टाचार गरेको बताइएको छ ।

रौनियारले श्याम सुन्दर निर्माण सेवा प्रा.लि. को सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रा.लि. का प्रबन्ध निर्देशक सुशिल कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका पटक–पटक कमिसन बापत घुस लिएको उजुरी आएपछि छानविन गरेको थियो ।

असार १६ गते रौनियारको बारेमा अडियो भिडियो सहितको उजुरी आयोगमा दर्ता आयोगको टोलीले प्रतिष्ठानका उपकुलपति रौनियार र सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत उनका भतिज डा. रामहरी रौनियारलाई पक्राउ गरेको हो ।

फाईल : फोटो

वि.सं.२०७६ साउन १९ आइतवार १४:०६ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

२५ बर्ष अगाडी पर्वतमा सम्पन्न हातेमालोको इतिहास नबिर्सन सरोकारवालाहरुले आग्रह...

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...