Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

विद्युत् बक्यौता रकम ४० करोड उठन सकेन




१९ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन । प्राधिकरणले आफ्ना ४६ हजार ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएकामा ग्राकहसँग बाँकी रहेको अझै रु ४० करोड उठाउन बाँकी रहेको केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले बताए ।

बाँकी रहेका सो बक्यौता रकम उठाउन प्राधिकरणले विद्युत् लाइन काट्ने, जनचेतना फैलाउने जस्ता काम गर्दै आएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७५÷७६ मा ३६ करोड ६३ लाख ७१ हजार ५२९ युनिट विद्युत् बिक्री गरी रु चार अर्ब पाँच करोड ८२ लाख ७९ हजार १८७ राजश्व सङ्कलन गरेको छ ।

यसैगरी प्राधिकरणले आव २०७४÷७५ मा रु ३२ करोड २४ लाख आठ हजार २२ युनिट विद्युत् बिक्री गरी रु तीन अर्ब २८ करोड ६६ लाख ६४ हजार ९० राजश्व सङ्कलन गरेको थियो । शुरुमा १० दशमलव ७३ प्रतिशत विद्युत् चुहावट हँुदै आएको बारा, पर्सामा चुहावट घटाउने लक्ष्य लिएपछि अहिले ४ दशमलव ९६ प्रतिशतमा चुहावट झरेको छ । प्राधिकरणलाई रु २० करोड नाफा भएको केन्द्र प्रमुख ठाकुरले बताए।

आव २०७५÷७६ मा विभिन्न तरिकाबाट उद्योगले रु ५१ लाख ४६ हजार ४४१ युनिट विद्युत् चुहावट गरेकोले ८० वटा उद्योगलाई कारवाही गरी रु पाँच करोड ५३ लाख ११ हजार ६६५ जरिवाना असुल गरेको छ । विद्युत् चोरी गरी चुहावट गर्दै आएका अन्य ग्राहकबाट प्राधिकरणले रु ३१ लाख २८ हजार ३१७ जरिवाना असुल गरेको छ ।

यसैगरी विद्युत् खपत गरी राजश्व नबुझाउने र कालो सूचीमा रहेका ९२ जना ग्राहकबाट रु ४९ लाख २८ हजार ३४९ राजश्व सङ्कलन गरेको छ भने समयमा पैसा नबुझाउने ७१२ जना ग्राहकको लाइन काटेर रु छ करोड एक लाख १० हजार ६१७ बक्यौता रकम उठाएको छ । लामो समयदेखि विद्युत् मिटर खराब रहेकोले विद्युत् चुहावट बढ्दै जादा १५० वटा उद्योगको मिटर हटाएर नयाँ मिटर लगाएको छ ।

मिटर खराब हँुदा कम विद्युत् बिल उठने भएकोले वास्तविक खपत युनिट देखा परोस् भनेर प्राधिकरणले नयाँ मिटर जडान गरी विद्युत् चुहावट रोकेको छ । यसै क्रममा प्राधिकरणले साना ग्राहकको ४७८ वटा बन्द रहेको मिटर बदली रु ४२ लाख २६ हजार ७४७ राजश्व उठाएको छ । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले