
४ साउन, फिनल्याण्ड । फिनल्याण्डमा रहेका नेपालीहरुको संस्था फिनिश नेपाली समाजको अध्यक्षमा गायक नविन भट्टराई चयन भएका छन् ।
जुलाई २२ मा फिनल्याण्डको हेलसिन्कीस्थित पुओतिलामा सम्पन्न संस्थाको बार्षिक साधारणसभाले भट्टराईको अध्यक्षतामा समाजको नयाँ नेतृत्व चयन गरेको हो ।
त्यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा सन्जु काउछा, उपाध्यक्षमा भक्तिराम भण्डारी, महिला उपाध्यक्षमा रेणु अर्याल, महासचिवमा नबिन अर्याल, सचिवमा तुलसी सापकोटा, सहसचिवमा सुमन अर्याल, कोषाध्यक्षमा मुकुन्द भण्डारी र सहकोषाध्यक्षमा रुक्मणि भट्टराई सर्बसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै समाजको सदस्यहरुमा तारा भण्डारी, ईन्दु अर्याल, राम प्रसाद अर्याल, बिक्रम केसी, चिरन्जिबी अर्याल, लक्ष्मी अर्याल, लालमणि अर्याल, आदित्य चापागाईँ, तारा भण्डारी सापकोटा, नविन अर्याल, केशब भण्डारी र मनोज बस्नेत रहेका छन् ।
त्यस्तै समाजको विभिन्न उपसमितिहरुमा जिवलाल खरेल, दीपक गौतम, किरण अर्याल,बरुण भण्डारी,ईश्वरी भण्डारी, सागर भण्डारी, सिता कंडेल, सुनिता शर्मा र कल्पना अर्याल चयन भएका छन् ।
मनोज भुसाल र मन्जु भण्डारीको समन्वयमा गठन गरिएको निर्वाचन कमिटीले समाजका पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित गरेको हो ।

सो अवसरमा निर्वतमान अध्यक्ष हेमराज शर्माले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित अध्यक्ष भट्टराईलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै अध्यक्ष भट्टराईले अहिलेको अवस्थामा सामाजिक काममा अत्यन्तै चुनौति भएको बताउँदै संस्थाको कार्यक्षेत्रलाई फराकिलो बनाउँदै लैजाने तथा समाजभित्र रहेका कमिकमजोरीलाई सुधारेर लैजाने संसारन्युजलाई बताए ।
त्यसैगरी समाजले नयाँपदाधिकारी चयन गरेपछि लगत्तै बसेको बैठकले समाजको सल्लाहकारमा देविदत्त शर्मा, ज्योति प्रकाश खरेल, कुलमणि भण्डारी, डा. शम्भु प्रसाद शाह, कोमल पौडेल, हेमराज शर्मा, जीवन खरेल, शेषकान्त भट्टराई र मन्जु शर्मालाई चयन गरेको बताइएको छ ।
पन्ध्र वर्ष अगाडि स्थापना भएको समाजले देशमा दैविप्रकोपले ल्याएको विभिन्न समस्यामा सहयोग गर्दै आएको छ । साथै कालिकोटमा निर्माण हुन लागेको रास्कोट अस्पताललाई ५ लाख ५५ हजार बढी सहयोग, नेपाली चाडपर्वमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना, भूकम्पबाट प्रभावितहरुलाई सहयोग, धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरेको एकिकृत नमुना वस्तिका लागि आर्थिक सहयोग, फिनल्याण्डमा मृत्यु भएका अनिश जंग कुँवरको शब पठाउन सहयोग, समाजिक संस्थालाई ह्विलचेयर प्रदान, आगलागीबाट पीडितहरुलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर संचालनलगायतका विभिन्न कार्यक्रमहरु गर्दैआएको पनि समाजले जानकारी दिएको छ ।