back

१४ घण्टापछि नै अमेरिकामा अर्को आक्रमण, ९ जनाको हत्या

वि.सं.२०७६ साउन १९ आइतवार

744 

shares

१९ साउन, । अमेरिकाको टेक्सासमा १९ जनाको हत्या हुने गरी भएको गोलि काण्डको १४ घण्टा पछि ओहायो राज्यमा फेरि अर्को गोलिकाण्ड भएको छ । ओहायो राज्यको डाउनटाउनमा भएको गोलि आक्रमणमा ९ जनाको ज्यान गएको छ भने दर्जनौँ मान्छेहरु घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरुले समाचार बनाएका छन् ।

त्यहाँको स्थानीय समय अनुसार शनिबार राती १ बजे पर्यटक तथा स्थानीयहरुको भिडभाड हुने ठाउँमा आक्रमणकारीले गोलाबारी गरेको थियो ।

मिआमी भ्याली अस्पतालका प्रवक्ताका अनुसार १६ जना घाइतेहरुको अस्पतालमा उपचार भैरहेको छ । तर उनीहरुको अवस्था बारे भनि केही जानकारी गराइएको छैन ।

संदिग्ध अपराधी पनि घटनामा मारिएको स्थानीय प्रहरीले जनाएको बताइएको छ । प्रहरीका अनुसार आक्रमणकारीले लामो अधिकार प्रयोग गरेको थियो ।

ओहायोको डायटन प्रहरीले स्थानीयहरूलाई सचेत रहन आग्रह गरेको छ ।

केहि दिन अघि मात्र अलकायदाका तत्कालिन नेता ओसामा विन लादेनका छोरा हमजा अल कायदाको अमेरिकामा मृत्यु भएको थियो । हमजाको मृत्यु भन्दा पनि हत्या भएको आशंका गरिएको छ । हमजाको मृत्यु लगत्तै श्रृंखलाबद्ध रुपमा अमेरिकामा गोलिकाण्ड हुनुलाई बदलाभावबाट गरिएको आक्रमण त होइन भन्ने आशंका उब्जिएको छ ।

वि.सं.२०७६ साउन १९ आइतवार १५:५३ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...