Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

पहिरोको जोखिममा विद्यालय




१९ साउन, दाङ । दाङको विकट राजपुर गाउँपालिका–७ भैसाही नाकाको एक विद्यालयको भवन भत्किएको छ । यही साउन ११ गते विद्यालय माथिबाट आएको भेलले गौरीशङ्कर मावि भैसाहीको सात कोठे भवनको बीचको कोठा भत्काएको छ । उक्त कोठा भत्किएसँगै त्यो भवनका सबै कोठा जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक टङ्क विकले जानकारी दिए । “विद्यालयको सात वटा कोठा भएको भवनको बीचको कोठा भेलले भत्काएको छ”, उनले भने, “बीचको कोठानै भत्किएकाले अन्य सात वटा कोठा नै प्रयोग गर्न सकिने अवस्थामा छैन ।”

विद्यालयका चारवटा भवनमध्ये सात वटा कोठा भएको भवन नै प्रयोग गर्न जोखिम भएपछि विद्यालयमा पठनपाठन गर्न समस्या भएको विकको भनाइ छ । “सात वटा कोठा भएको भवन नै भत्किएपछि हामीलाई कोठाको अभाव हुन्छ”, उनले भने, “यो वर्षात्को समयमा कसरी पठनपाठन गराउने भन्ने चिन्ता छ ।” अहिले विद्यालयको वर्षे बिदा भए पनि २७ गतेदेखि विद्यालय खुल्ने छ । तर भेलले विद्यालयको भौतिक संरचना नै भत्काएपछि पठनपाठन अवरुद्ध हुन्छ की भन्ने चिन्ता आफूहरुमा रहेको प्रधानाध्यापक विकले बताए।

विगतका वर्षहरुमा पनि माथिबाट विद्यालयमै भेल बग्ने गरेको भए पनि यस वर्ष भने क्षति नै पु¥याएको स्थानीय युवा भीम ओलीले बताए । “विगतमा पनि यसरी नै माथिबाट भेल बग्ने गरेको थियो, तर त्यति क्षति पु¥याएको थिएन”, उनले भने, “तर यस वर्ष भने भेलले विद्यालयमा नै क्षति पु¥यायो ।” साथै विद्यालयको पर्खालसमेत बगाएको प्रअ विकले बताए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ, गाउँपालिका कार्यालयलाई पनि जानकारी गराएको समेत प्रअ विकको भनाइ छ । तर अहिलेसम्म कुनै पनि निकायबाट विद्यालयको अवस्थाबारेमा चासो नदेखाइएको प्रअ विकले बताए ।

कक्षा १० सम्म सञ्चालित उक्त विद्यालय त्यस क्षेत्रकै एउटा मात्रै विद्यालय हो । अहिले उक्त विद्यालयमा २५० विद्यार्थीहरु अध्ययनरत् छन् । विसं २०३९ मा स्थापना भएको उक्त विद्यालयका केही पुराना भवन छन्, भने केही विसं २०६३ तिर निर्माण भएका भवन छन् । अहिले भत्किएको उक्त विद्यालय भूकम्पको समयमा समेत चर्किएको स्थानीय युवा ओलीको भनाइ छ । प्राय दाङको विकट क्षेत्रका रूपमा रहेका नाका क्षेत्रका विद्यालय यसरी नै पहिरोको जोखिममा रहेका छन् । विद्यालयभन्दा माथिबाट भेल बग्ने र त्यही भेलले विद्यालयलाई क्षति पु¥याउने गरेको छ । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले