back

‘कार्यकर्ताले गर्ने भ्रष्टाचारको जिम्मेवारी कार्यकारी राष्ट्रप्रमुखकै हो’

वि.सं.२०७६ साउन १९ आइतवार

528 

shares

अहिले दलले मुलुकभर कार्यकर्ताको सहयोगमा शासन गर्ने भएकाले राजनीतिक नियुक्ति पाएका कार्यकर्ताले गर्ने भ्रष्टाचारको जिम्मेवारी कार्यकारी राष्ट्रप्रमुखकै हो । त्यसबाहेक मुलुकभरका कर्मचारीले गर्ने बदमासी नियन्त्रण गर्न नसक्नुको जिम्मेवारी पनि शासनको केन्द्रमा रहनेकै हो ।

आफू र आफ्ना दलीय आसेपासेको मनपरी गर्ने रहरबाट देशलाई जोगाएर विकास गर्न सक्नु नै अबको लोकतान्त्रिक सरकारको नेतृत्वमा बस्ने व्यक्तिको क्षमता र प्रतिष्ठा नाप्ने सूचक हुनेछ ।
सबै राज्यका सबै अंग र क्षेत्रमा राजनीतिक कार्यकर्ताहरू हुल्ने हुलाउने, यही हुलिन मौका पाईन्छ भनेर नेताहरूका पछि अन्धभक्त हुने कथित बुद्धिजीबी, पेशागत, विद्यार्थी मजदूर र गैरसरकारी संस्था भरमार भएपछि, तिनकै बलमा राजनीतिको फोक्सो मुटु कलेजो र हातगोडा संचालन हुने भएपछि कसरी कसले हो राज्यका संस्थाहरूमा राजनीतिक हस्तक्षेप हटाउने ?
कुनै मन्त्र, जन्त्र वा यन्त्र छ भने जान्न पाए हुन्थ्यो !

नेताहरू राम्रो चुन्नुपर्छ नि भनेर यसबाट समाधान हुने पनि देखिन्न । किनभने, नेपालमा चुनाव पर्व र उत्सव सरह हुने गर्छन् । जति पटक चुनाव गराए पनि पूरा उल्लासका साथ जनताले भाग लिने गर्छन् । आजसम्म यही हुदै आएको छ, जेजस्तो राजनीतिक व्यवस्था होस् ! प्रतिवद्ध मत हाल्छन्, आफैले चुनेका नेतालाई जनताको काम गरेन भन्दै भक्कु गाली गर्न पनि छाड्दैनन्, सराप्छन् तर जब मतदानमा अभिमत दिने र सजाए दिने मौका मिल्छ तब अन्तिममा तिनैलाई भोट दिन पुग्छन् ।

नेपाली मोडेलको लोकतन्त्र र चुनाव परम्परा त्यस्तो छ । तर घोषणापत्र बनाउदा बिनसित्तै माथापच्ची गर्छन् । मिडियामा होहल्ला मच्चाउछन् । तर यहाँका नेतालाई यो गाउँमा मलाई दिने मत यति वटा छ भन्ने चुनावअगावै पत्तो भैसकेको हुन्छ ।
बिकसित मुलुकमा भौतिक पूर्वाधार नियोजन र व्यवस्थापन प्रणालीले मान्छेलाई व्यवस्थित वा गाईड गर्दछ । अबिकसित देशमा मान्छेले पूर्वाधार प्रणालीलाई गाईड गर्न खोज्छन् । अबिकसित देशको चरित्र न गाँउ गाँउ जस्तो, न सहर सहर जस्तो हुदै जाने रहेछ । वर्णशंकर वस्ति प्रगतिशील, सुविधायुक्त सुव्यवस्थित र सुचारू हुन सक्दैन, सबै कुरा निरन्तर लथालिंग हुदै जाने गर्छ ।
नेपालको सुधार र समृद्धि राजनीतिक प्रणालीले हैन, नेताको बलिदानीपूर्ण पहलमा टिकेको छ । त्यो नेताले पुन : चुनावमा जानुपर्ने चिन्ता सोच्यो कि मुलुकको कायापलट हुन सक्दैन ।

उपाध्याय ,नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ साउन १९ आइतवार १९:१८ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

पूर्वमन्त्री जयप्रकाश आनन्द(जेपी गुप्ता) ले नेपाली काँग्रेसको विशेष महाधिवेशनको पूर्व...

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ ।  कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको...

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

चुनावको मिति नजिकिँदै जाँदा नेपालको राजनीति अब विचारको बहस होइन,...

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

गणतन्त्र कुनै एक दिनको नारा होइन, न कुनै क्षणिक राजनीतिक...

यी हुन् महाभारत उत्तरका खडेरी ग्रस्त क्षेत्रका समस्या समाधानका उपायहरु

यी हुन् महाभारत उत्तरका खडेरी ग्रस्त क्षेत्रका समस्या समाधानका उपायहरु

नेपालको सिन्धुली, रामेछाप, ओखलढुङ्गा र खोटाङका केही भागहरू जस्ता वर्षा...