back

बैठकमै किन रोए मन्त्री भट्टराई र पूर्वप्रधानमन्त्री नेपाल ?

वि.सं.२०७६ साउन १९ आइतवार

855 

shares

१९ साउन, काठमाण्डौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधब कुमार नेपाल र नवनियुक्त संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई बैठकमै रोएका छन् ।

आईतबार सिंहदरबारमा आयोजित अन्तराष्ट्रिय सम्बध समितिद्धारा आयोजना गरिएको मन्त्री भट्टराई स्वागत गर्ने क्रार्यक्रममा वरिष्ठ नेता नेपाल र भट्टराई भक्कानो छोडेर रोएका हुन् ।

बैठकमा पूर्वप्रधानमन्त्री नेपालले पर्यटनमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निभाउन भन्दै दिएको सुझावपछि मन्त्री भट्टराईले वरिष्ठ नेता नेपाल आफ्नो नेता मात्र नभएर गुरु नै भएको बताउँदै २०४३ सालको घटना स्मरण गरेका थिए । उनले रुदै आफू मृत्युको मुखमा पुगेका बेला नेता नेपालले दिएको ढाडस र स्पर्शले आफूले बाँच्ने शक्ति पाएको भन्दै सुकसुकाएका थिए ।
उता नेता नेपालले पनि दुवै हातले आँखा छोप्दै आँसु पुछ्न थालेपछि बैठकमा सहभागी अन्य पनि मलिन अनुहार बनाउँदै आँखाभरी आँसु बनाएका थिए ।

२०४३ सालको निर्वाचनलाई जनपक्षीय उम्मेदवारद्धारा उपयोग गर्ने पार्टीको नीति अनुरुप भट्टराई काठमाण्डौंमा खटिएका थिए । खाने बस्ने ठेगान नभएका बेला उनी एक्कासी बिरामी भएको र टिचिङ अस्पतालमा उपचारका लागि भर्ना भएको मन्त्री भट्टराईले सोहि कार्यक्रममा स्मरण गरेका थिए ।

झण्डै दुईमहिना अस्पतालमा बस्दा डाक्टरले बाँच्ने आसा मारिसकेको अवस्थामा नेता नेपाल अस्पतालमा भेट्न आएको र उनको एक स्पर्शले बाँच्ने शक्ति प्राप्त भएको पनि मन्त्री भट्टराईले बताएका थिए ।

वि.सं.२०७६ साउन १९ आइतवार १९:४५ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

२५ बर्ष अगाडी पर्वतमा सम्पन्न हातेमालोको इतिहास नबिर्सन सरोकारवालाहरुले आग्रह...

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...