मैले नबोल्ने वाचा गर्दै गरेको छैन !
बोलिरहन्छु किन कि अझै मरेको छैन !
लासहरू, ढुङ्गाहरू मुढाहरू बोल्दैनन् !
म अझै चिहानतिर वसाइँ सरेको छैन !
बोलिरहन्छु ……
मान्छे रहन्छ चुप झरेपछि या गिरेपछि !
कसैको पैतालामुनी म अझै झरेको छैन !
बोलिरहन्छु………..
पुच्छर समाई सत्ताको पारि तरे सँगीहरू !
त्यो मौन मृत्युलोकमा म अझै तरेको छैन !
बोलिरहन्छु………….
सत्ताकी सुन केशरीको इन्द्रजालमा परे !
परे अरु म जालमा त्यो अझै परेको छैन !
बोलिरहन्छु…..
३०७६|०४|१९ भक्तपुर