Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

मोबाइलको गेमः ‘गेमिङ डिसअर्डर’ को खतरा



२० साउन, काठमाडौँ । के तपाईका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरुलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’ को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’ को सिकार हुँदै गएको मनोविज्ञानहरुको भनाइ छ ।

मोबाइल गेममा बच्चाहरु लिप्त हुँदै जाँदा उनीहरु त्यहाँबाट बाहिर आउनै चाहँदैनन् । यही कारण ‘गेमिङ डिसअर्डर’ लाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा. प्रवास अधिकारीको भनाइ छ ।

उनले भने, “ जब बच्चाहरुमा यस्तो समस्या आउन थाल्छ ,उनीहरु निदाउन छाड्छन् । शारीरिक गतिविधिमा सक्रिय हुँदैनन् । खानपान अनियमित हुन थाल्छ । उनीहरु पारिवारिक र सामाजिक जीवनबाट भाग्न खोज्छन्।” यो अवस्थामा पुग्दा बालबालिका हिंसक र आक्रामक हुने बताउँदै उनले एकान्तमा मात्र बस्न रुचाउने, सधैँ उदास रहनेजस्ता समस्या देखिए अभिभावकले बैलैमा ध्यान दिन सुझाव दिए । सोमबारको गोरखापत्र दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ